back
CTIZAN AD

कैलाली पुगेर प्रचण्डले भने– कांग्रेसबाट बेइमानी हुन सक्छ

वि.सं.२०७९ वैशाख २६ सोमवार

696 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसबाट बेइमानी हुनसक्ने आशंका व्यक्त गरेका छन् । कैलालीको कैलारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनबीच भएको सहमतिलाई कांग्रेसले अझै पालना नगरेको बताए ।

कांग्रेसले सहमति बाहिर गएर दिएको उम्मेदवारी फर्ता नगरेको भन्दै प्रचण्डले धोका हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

“नेपाली कांग्रेसको एक जना स्थानीय नेतासँग पनि मेरो कुरा भयो, म र प्रधानमन्त्री शेरबहादुर देउवासँगै आएका छौँ”, प्रचण्डले भने, “उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ, हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु, हाम्रा लागि बेइमानी र षड्यन्त्र स्वीकार्य छैन ।”

उनले गठबन्धन अझै ‘क्लियर’ नभएको बताए । प्रचण्डले स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना उम्मेदवारलाई जिताउन पनि आग्रह गरेका छन् ।

कैलारी गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने सहमति भएको थियो । तर कांग्रेसले अध्यक्षमा बागी उम्मेदवारी दिन लगाएको छ ।

वि.सं.२०७९ वैशाख २६ सोमवार १३:३१ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...