Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

आज बैशाख २७ गते मंगलबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। चिताएका काम सजिलै सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीले प्रसन्नता दिलाउनेछन्। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले लाभ दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, सफलता प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। स्रोत पहिचान भए पनि फाइदा कम मात्र हुनेछ। प्रयत्न गर्दा चुनौती पन्छाएर लाभ उठाउन सकिनेछ। नयाँ काम थाल्न भने समय लाग्नेछ।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सानो प्रयत्नले चल–अचल सम्पत्ति लाभ हुने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेतले जिम्मेवारी दिलाउनेछ भने सजिलै लक्ष्यमा पुग्न सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सानो प्रयत्नले धेरैको भलाइ हुनेछ। भेटघाटले महत्त्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ। समाजमा सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चोटपटकको योग रहेकाले होसियारीसाथ काम गर्नुहोला। फाइदाका पछि लाग्दा केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। खर्चिलो काम गर्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। पेसा–व्यवसायमा उल्लेख्य फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। व्यवसायमा धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपरे पनि पूर्वाधार तयार गर्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा केही काम गर्न सकिनेछ। विशेष जिम्मेवारी प्राप्त हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। केही श्रम परे पनि आजको मिहिनेतले पछिसम्म लाभ दिलाउन सक्छ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। पहिलेको उपलब्धि जोगाउने प्रयास गर्नुहोला।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चुनौतीपूर्ण काममा खटिनुपर्ने समय रहेकाले अलि सावधान रहनुपर्ला। परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि अलि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।

२०७९ वैशाख २७ गते, मंगलवार, (१० मे २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज बैशाख २६ गते सोमबारको राशिफल भन्छ–आज यी पाँच राशिकालाई मिल्नेछ विशेष लाभ !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट