काठमाडौं । कपिलवस्तुमा कांग्रेसकी उम्मेदवारको हृदयघातका कारण मृत्यु भएको छ ।
यहि बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि कलिपवस्तु महाराजगन्ज नगरपालिकाकी उपमेयरकी उम्मेदवार शुभावति कुर्मीको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।
विरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल तौलिहवामा उपचार गराउने क्रममा उनको सोमबार राति १ बजे मृत्यु भएको हो । उनको मृत्यु भएपछि कपिलवस्तु कांग्रेसले आफ्नो उम्मेदवारको मृत्यु भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएर जानकारी दिएको थियो ।
कांग्रेसले आफ्नो उम्मेदवारको मृत्यु भएको पत्र मंगलबार बिहान निर्वाचन अधिकृतको कार्यालयमा पठाएको निर्वाचन अधिकृत कुवेर पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार यसबारेमा निर्वाचन आयोगलाई जानकारी गराएपछि त्यहाँको निर्वाचनका बारेमा निर्णय हुनेछ ।
महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा रहेकी कुर्मी ०७४ मा भएको निर्वाचनमा सोहि नगरपालिकाबाट उपमेयरमा विजयी भएकी थिइन् ।
वि.सं.२०७९ वैशाख २७ मंगलवार ०९:०१ मा प्रकाशित






























