back
CTIZAN AD

कोलकत्तासँग मुम्बई इन्डियन्स ५२ रनले पराजित

वि.सं.२०७९ वैशाख २७ मंगलवार

723 

shares

२७ वैशाख, काठमाडौँ । कोलकत्ता नाईट राइडर्ससँग मुम्बई इन्डियन्स आफ्नो एघारौँ खेलमा ५२ रनले पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १६९ रन बनाएको थियो । कोलकत्ताका लागि ब्याटिङ्गमा नितिश रानाले सर्वाधिक ४३ रन बनाएका थिए । मुम्बईका लागि बलिङ्ग तर्फ जसप्रित बुमराहले ४ ओभरमा १० रन खर्चेर सर्वाधिक ५ विकेट हात पारेका थिए ।

१७० रनको लक्ष्य पछाएको मुम्बईको टिम १७.३ ओभरमा ११३ रन बनाएर अलआउट हुन पुगेको थियो । मुम्बईका लागि ब्याटिङ्गमा इशान किसनले ५१ रनको अर्धसतकीय पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । कोलकत्ताका बलिङ्गमा प्याट कमिन्सले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारेका थिए ।

जितसँगै कोलकत्ता नाईट राइडर्स १२ खेलबाट १० अकं जोड्दैँ अंक तालिकाको सातौँ स्थानमा उक्लिएको छ ।

वि.सं.२०७९ वैशाख २७ मंगलवार १०:०८ मा प्रकाशित