back
CTIZAN AD

खटिए मतदान अधिकृतः निर्वाचन गतिविधि तीव्र

वि.सं.२०७९ वैशाख २८ बुधवार

675 

shares

महेन्द्रनगर । कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै मतदान अधिकृत मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित आ–आफ्नो मतदान केन्द्रमा खटिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाइसकेको जानकारी दिए ।“मतदान अधिकृत आ–आफ्नो केन्द्रमा पुगेर सर्वदलीय बैठकसमेत गरिसकेका छन् ।” उनले भने,“ निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।”यसैगरी बुधबार र बिहीबार मतदान केन्द्रमा नयाँ मतदाता र हराएको भनि निवेदन दिएकालाई मतदान परिचयपत्र वितरण गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

“ हिजो रातिदेखि मौन अवधि सुरु भएको छ ।” उनले भने,“अहिलेसम्म मौन अवधि उल्घङ्न भएको हामीकहाँ उजुरी परेको छैन् ।”नौ वटा पालिका रहेको कञ्चनपुरमा कूल दुई लाख ९५ हजार ३५४ मतदाता रहेका छन् । त्यसैगरी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मी परिचालन भइसकेको बताए ।

“ भयरहित वातावरणमा वैशाख ३० गतेको निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुुनुहोस् ।” कार्यालय प्रमुख जोशीले भने,“ सीमा नाका बन्ददेखि मदिरा बेचबिखनसमेत निषेध गरिएको छ ।” जिल्ला सुरक्षा समितिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँगसित समन्वय गरेर निर्वाचन सम्पन्न गराउन सक्रिय भूमिका निभाएको छ ।

वि.सं.२०७९ वैशाख २८ बुधवार १२:१८ मा प्रकाशित

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...