back
CTIZAN AD

शैक्षिक संस्था आजदेखि ६ दिनसम्म बन्द

वि.सं.२०७९ वैशाख २८ बुधवार

681 

shares

काठमाडौं । शैक्षिक संस्था आजदेखि ६ दिनसम्म बन्द हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि विद्यालयहरुमा मतदान केन्द्र राखिएको, शिक्षकहरु निर्वाचनमा खटिनु पर्ने र मतदान गर्न आफ्ना जिल्ला जानु पर्ने भएकाले शैक्षिक संस्था बन्द गरिएको हो ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन बिदा दिन निर्देशन दिएको थियो । सरकारले मतदानको दिन ३० गते मात्र विदा दिने निर्णय गरेको थियो ।

बैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन सार्वजनिक विदा दिने निर्णय गरेका कारण आइतबार पनि विदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले त्यस दिन पनि विदा हुने छ । सोहिकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने छन् ।

वि.सं.२०७९ वैशाख २८ बुधवार १२:१४ मा प्रकाशित

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...