
काठमाडौं । शैक्षिक संस्था आजदेखि ६ दिनसम्म बन्द हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि विद्यालयहरुमा मतदान केन्द्र राखिएको, शिक्षकहरु निर्वाचनमा खटिनु पर्ने र मतदान गर्न आफ्ना जिल्ला जानु पर्ने भएकाले शैक्षिक संस्था बन्द गरिएको हो ।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन बिदा दिन निर्देशन दिएको थियो । सरकारले मतदानको दिन ३० गते मात्र विदा दिने निर्णय गरेको थियो ।
बैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन सार्वजनिक विदा दिने निर्णय गरेका कारण आइतबार पनि विदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले त्यस दिन पनि विदा हुने छ । सोहिकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने छन् ।