काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आकंलन गरेको छ । शुक्रबार मतदान सकिँदै गर्दा सञ्चारकर्मीसँग कुराकानी गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो आकंलन बताएका हुन् ।
उनले केही स्थान बाहेक देशका अधिकांश स्थानमा शान्तीपूर्णं रुपमा मतदान भएको पनि बताए । उनका अनुसार हुम्ला, सर्लाही, रौतहट र काभ्रेलगायतका केही स्थानमा समस्याहरु देखिएका छन् ।
आयोगले दिउँसो साढे ४ बजेसम्म ५५ प्रतिशतको हाराहारीमा मत खसेको जनाएको थियो ।
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १७:३२ मा प्रकाशित






























