back
CTIZAN AD

स्थानीयतह निर्वाचनः काठमाडौं र ललितपुर महानगरको मतगणना आज बिहान हुने

वि.सं.२०७९ वैशाख ३१ शनिवार

717 

shares

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीयतहको निर्वाचनको मतगणना शुक्रबार बेलुकादेखि नै सुरु भइसकेको छ । मनाङ लगायतका केही जिल्लाका केही पालिकाहरुमा मतगणना सम्पन्न भइ विजयी सुरुवात समेत भइसकेको छ ।

सबैको चर्चामा रहेको काठमाडौं महानगरपालिकाको मतगणना आज बिहान ८ बजेदेखि गरिने भएको छ ।
मतगणनाको निर्णय गर्न शुक्रबार बेलुका बसेको सर्वदलीय बैठकले आज बिहानदेखि मतगणना सुरुगर्ने निर्णय गरेको हो ।

काठमाडौं महानगरका सबै मतपेटिकाहरु राष्ट्रियसभागृहमा संकलन गरे लगत्तै बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । उक्त निर्णय हनुसार मतगणना स्थलमा दलहरुका एक÷एकजना प्रतिनिधि बस्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका तर्फबाट पाँचजना रहने छन् ।

काठमाडौंमा कूल ३ लाख २४२ मतदाता रहेका छन् भने ५२ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान रहेको छ ।

काठमाडौंमा मेयरका उम्मेदवार स्वतन्त्र उम्मेदवार बनेका बालेन साहको धेरै चर्चा रहेको छ भने गठबन्धनका तर्फबाट मेयरमा सिर्जना सिंह, एमालेबाट केशव स्थापित र उपमेयरमा गठबन्धनका तर्फबाट एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठ र एमालेबाट सुनिता डंगोलचुनावी मैदानमा उत्रिएका थिए ।

त्यसैगरी ललितपुर महानगरपालिकामा पनि आज बिहान ७ बजे बैठक सुरु गरेर ८ बजे मात्रै मतगणना गर्ने निर्णय गरिएको छ । उम्मेदवार र कर्मचारी सबै थाकेकाले शनिबार मतगणना सुरु गर्ने गरी छलफल भएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले बताएका छन् । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेको छ । महानगरमा जम्मा मतदाता एक लाख २२ हजार ८९० रहेका छन् ।

वि.सं.२०७९ वैशाख ३१ शनिवार ०६:२७ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...