back
CTIZAN AD

हरिहरपुरगढीमा गठबन्धनको जित

वि.सं.२०७९ जेठ ३ मंगलवार

714 

shares

सिन्धुली । यहाँको हरिहरपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादीका बज्रध्वज वाइबा निर्वाचित भएका छन् । एक हजार ११३ मतको फराकिलो अन्तरसहित वाइबाले जम्मा चार हजार ७२९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर वाइबाले तीन हजार ६१६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसका चेखबहादुर थिङले पाँच हजार ७०३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी निर्मला ठाडामगरले दुई हजार ८५५ मत प्राप्त गरिन् ।

गाउँपालिकामा ८ वडा छ । वडा नं १ मा एमाले, २ मा कांग्रेस वडाध्यक्षसहित प्यानलै निर्वाचित भएको छ भने ३ देखि ८ सम्मका ६ वडामा माओवादी अध्यक्ष सहितको प्यानलमै निर्वाचित भएको छ । वडा नं १ मा एमालेका जीतबहादुर थिङ, २ मा कांग्रेसका विश्व राई, ३ मा माओवादीका कुलबहादुर भोलन, ४ मा कमलकुमार राई, ५ मा साइला लामा, ६ मा एकबहादुर मोक्तान, ७ मा बिचबहादुर मोक्तान, ८ मा धनबहादुर मोक्तानको प्यानल विजयी भएको छ ।

वि.सं.२०७९ जेठ ३ मंगलवार १५:१६ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...