back
CTIZAN AD

हट्यो नौ महिनादेखिको संसद अवरोध

वि.सं.२०७९ जेठ ३ मंगलवार

744 

shares

काठमाडौं । नेकपा (एमाले) झण्डै ९ महिना पछि संसद अवरोध गर्नबाट पछि हटेको छ । मंगलबारदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनमा एमाले सहभागि भएको हो ।

संसदमा विशेष समय लिएर सम्बोधन गर्दै एमाले उपमहासचिव तथा सांसद प्रदीकुमार ज्ञवालीले एमालेले विरोधको शैली परिवर्तन गरेको बताए । उनले एमालेले राखेका मागहरु भने यथावत नै रहेको बताए । उनले एमाले विभाजन गराउन खोज्नेहरु जनमतबाट किनारा लाग्दै गरेको बताए ।

“भर्खरै सम्पन्न निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेका छन्, दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउने, दल विभाजन पूरा भएपछि फिर्ता लिने सभामुख जस्तो गरिमायम संस्था कुनै न कुनै रुपमा जोडिने, अदालतमा यस मामिलामा सहयोगी बन्ने, अन्य मानिस पनि सहयोगी बन्ने स्थिति असहज हो र असहज रहने छ”, संसद अवरोध खुलाउनुको कारणबारे बोल्दै उनले भने, “यस विषयमा हाम्रा धारणाहरु निरन्तर रुपमा रहनेछन् तर पनि मुलुक एउटा कोर्षमा गैसकेको हामीले आजदेखि यो अवरोध र विरोधलाई फरक ढंगले प्रस्तुत गर्ने निर्णय गरेका छौं ।

एमालेले गत भदौ २३ देखि संसदमा अवरोध गर्दै आएको थियो । एमालेले आफुले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई बर्खास्ती गर्नुपर्ने माग राखेको थियो । सभामुखले १४ सांसदको विषयमा निर्णय नगरेपछि एमालेले सभामुखकै राजीनामा माग गरिरहेको थियो ।

तर, राष्ट्रियसभामा अवराेध कायमै

प्रतिनिधि सभामा अवरोध नगर्ने निर्णय गरेको एमालेले राष्ट्रिय सभाको बैठकमा भने अवरोध कायमै गरेको छ । बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रिय सभा बैठकमा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर अवरुद्ध गरेका थिए ।

एमालेका सांसद देवेन्द्र दाहालले सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका नेता प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरुले अगाडि सारेका माग सम्बोधन गर्न नचाहेकाले राष्ट्रिय सभा बैठकलाई अवरुद्ध पार्न बाध्य भएको बताए । तर, उनले आगामी दिनमा भने के गर्ने स्पष्ट पारेनन् ।

वि.सं.२०७९ जेठ ३ मंगलवार १६:२९ मा प्रकाशित

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...