back
CTIZAN AD

निर्वाचनपछि खुलेकाे सेयर बजारमा ८४ अंककाे गिरावट

वि.सं.२०७९ जेठ ३ मंगलवार

792 

shares

काठमाडाैं । स्थानीय तह निर्वाचनपछिकाे पहिलाे काराेबार दिन सेयर बजार नेप्सेमा एकै दिन ८४ अंकले गिरावट आएको छ । मंगलबार अधिकांश कम्पनीहरूले नोक्सानी व्यहोरेका छन् ।

मंगलबार नेप्से ८३ दशमलब ६१ अंकले घटेर नेप्से परिसूचक २२ सय ६५ दशमलब ५२ अंकमा पुगेर बन्द भएको छ । बिहान २३ सय ५० अंकबाट खुलेको बजार लगातार घटेर २२ सय ६५ अंकमा पुगेर बन्द भयाे ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स १५ दशमलव २८ अंकले घटेर चार सय ३८ दशलमव ६८ अंकमा पुगेको छ । घटेको बजारमा ३५ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो साता आइतबारदेखि बुधबारसम्ममा नेप्से एक सय ३० अंकले बढेको थियो भने बिहीबार १८ अंकले घटेको थियो । स्थानीय तह चुनावसँगै बजार उकालो लाग्ने अपेक्षा गरिए पनि पहिलाे दिननै बजारमा ठूलो गिरावटपछि लगानीकर्ता निरास बनेका छन् । नेप्सेमा मंगलबार सूचिकृत २२१ कम्पनीको सेयर कारोबार भएकोमा अधिकांश कम्पनीले घाटा बेहोर्नु परेको छ ।

मंगलबार नेप्सेमा २०९ कम्पनीको सेयरधनीले गुमाएका छन् भने आठ कम्पनीका सेयरधनीले केही नाफा कमाउँदा चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लाग्ने चार कम्पनीमा बुद्ध भूमि हाइड्रो पावर, लुम्बिनी जनरल इन्सुरेन्स वोमी माइक्रोफाइनान्स र युनाइटेड इन्सुरेन्स कम्पनी रहेका छन् ।

वि.सं.२०७९ जेठ ३ मंगलवार १६:५३ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...