back
CTIZAN AD

स्थानीय तहकाे निर्वाचन : सकियाे ८० प्रतिशत स्थानकाे मतगणना

वि.सं.२०७९ जेठ ५ बिहीवार

798 

shares

काठमाडाैं । निर्वाचन आयोगले ८० प्रतिशत स्थानको मतगणना सम्पन्न भइसकेको जनाएकाे छ । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले हालसम्म ५७० स्थानीय तहको मतगणना सकिएको जनाए । उनका अनुसार १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको छ ।

प्रवक्ता पाैडेलका अनुसार हालसम्म २९ हजार ३०३ उम्मेदवार निर्वाचित भइसकेका छन् ।

जसमा हालसम्म प्रमुखमा १ सय ७४ जना, उपप्रमुखमा १ सय ७४, अध्यक्षमा ३ सय ९६, उपाध्यक्षमा ३ सय ९६ वडाध्यक्षमा ५ हजार ६ सय ५९ महिला सदस्य ५ हजार ६ सय ५३ दलित महिला सदस्य ५ हजार ६ सय ५६ जना र वडा सदस्य १ हजार २ सय ९५ जना निर्वाचित भएका छन् ।

‘हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ। प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेका छन्,’ प्रवक्ता पौडेलले भने, ‘३५ हजार २२१ कुल पदाधिकारी निर्वाचित हुनुपर्नेमा करिब ८० प्रतिशतको परिणाम आइसकेको छ ।’

बैशाख ३० गते स्थगित भएको अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको उनले जानकारी दिए। यस्तै, उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको उनले बताए।

५ जेठभित्रमा मतगणना सम्पन्न गर्न आयोगले यसअघि नै निर्देशन दिएको थियो । तर, मतगणना नसकिएका स्थानमा बढीभन्दा बढी जनशक्ति परिचालन गरेर मतगणना गर्न आयोगले निर्देशन पनि दिएको छ ।

वि.सं.२०७९ जेठ ५ बिहीवार १८:१० मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...