मान्म । कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरप्रमुखमा धर्मराज शाही विजयी भएका हुन् ।
शाहीले ३ हजार ४७ मत प्राप्त गरि विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल विजयी भएका छन् । बरालले २ हजार ८०९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक हजार ३०१ मत प्राप्त गरेकी छन् । रास्कोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।
वि.सं.२०७९ जेठ ६ शुक्रवार ०९:१८ मा प्रकाशित