
कलैया । बाराको कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित भएका छन् । रामप्रासद ९ हजार १०५ प्राप्त गरी निर्वाचित भएका हुन् । रामप्रासदका निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीले ८ हजार ३०७ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा कांग्रेसकै उम्मेदवार लक्ष्मीकुमारीले ९ हजार ८८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी एमालेकी सुनैना थरुनीेले ८ हजार ४८३ मत प्राप्त गरेकी छन् ।
विसं २०७४ मा कोल्हबी नगरको प्रमुखमा एमालेका भण्डारी र उपप्रमुखमा एमालेकै थरुनी निर्वाचित भएका थिए ।