back
CTIZAN AD

पाँच हजार बढी मतले सुवेदीलाई पछि पार्दै अगाडि बढिन् रेनु

वि.सं.२०७९ जेठ ७ शनिवार

816 

shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर फरकिलो मतान्तरले अग्रता कायम गरेकी छन् ।

हालसम्म भएको ६९ हजार ६१२ मत गणनामा दाहालले नेकपा एमालेका मेयरका उम्मेदवार विजय सुवेदीलाई ५ हजार बढी मतले पछि पार्दै अग्रता कायम गरेकी हुन् ।

शनिबार बिहानसम्म भएको मतगणनाको परिणाम अनुसार दाहालले २७ हजार ७८ मत प्राप्त गर्दा सुवेदीले २२ हजार ६० मत प्राप्त गरेका छन् । दाहालले सुवेदीलाई ५ हजार १८ मतले पछि पारेकी छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट बिद्रोह गरी मेयरमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ९ हजार ४१४ मत प्राप्त गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार उपमेयरमा पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २९ हजार १३२ मत ल्याएर अग्रता कायम गरेका छन् भने उनका प्रतिद्धन्द्धी राप्रपाकी हमिला गुरुङले १७ हजार १८८ मत प्राप्त गरेकी छन् ।

वडा नं १३ मा माओवादी केन्द्रका दवाडी विजयी
त्यसैगरी महानगरको वडा नं १३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सो वडामा नेकपा माओवादी केन्द्रका प्रकाश दवाडीले १५४७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिश्प्रर्धी एमालेका शान्ताराज आचार्यले १२४३ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले रेनु दाहाललाई साझा उम्मेदवार बनाएको छ भने नेकपा एमाले र राप्रपाका तर्फबाट विजयी सुवेदी रहेका छन् ।

वि.सं.२०७९ जेठ ७ शनिवार ०७:४१ मा प्रकाशित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...