
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।
लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ। देशका अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन ÷ चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरू तथा देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन ÷ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।