
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरले अग्रता बढाउँदै लगेका छन् ।
हालसम्म गणना गरिएको १ लाख ९ हजार ५३७ मतमा साहले ३९ हजार ६ मत ल्याएर झण्डै दोब्बर मतान्तर बनाएका छन् ।
साहले गठबन्धनबाट साझा उम्मेदवार बनेकी सिर्जना सिंह भन्दा झण्डै १० हजार मतले अगाडि रहेका छन् ।
त्यस्तै गठबन्धनकी उम्मेदवार सिंहले २२ हजार ७२ मत ल्याएर दोस्रो स्थान बनाएकी छन् भने नेकपा एमालेका उम्मेदवार केशब स्थापितले २१ हजार ५७१ मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् ।