back
CTIZAN AD

भरतपुरको मेयरमा रेनुको निरन्तर अग्रता, साढे ७ हजार मतले पछाडि परे सुवेदी

वि.सं.२०७९ जेठ ८ आइतवार

699 

shares

काठमाडौं । भरतपुरको मेयरमा रेनु दाहालले निरन्तर मतान्तर अगाडि बढाउँदै लगेकी छन् ।

साझा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहालले आफ्ना निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका विजयी सुवेदीलाई साढे सात हजार बढी मतले पछाडि पारेकी हुन् ।

शनिबार बिहानसम्म सुवेदी भन्दा ५ हजार मतले अगाडि रहेकी दाहाल आइतबार बिहान साढे सात हजार मतले अगाडि रहेकी छन् । भरतपुर महानगरमा हालसम्म गणना गरिएको ९० हजार ३०८ मतमा दाहालले ३५ हजार ४६० मत ल्याएकी छन् भने सुवेदीले २७ हजार ८९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसबाट बिद्रोह गरेर बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारी फराकिलो मतले अगाडि बढिरहेका छन् । उनले ३७ हजार ६२४ मत ल्याउँदा एमाले राप्रपा गठबन्धनकी उम्मेदवार राप्रपाकी हिमला गुरूङले २२ हजार ५६ मत प्राप्त गरेकी छन् । निर्वाचन कार्यालका अनुसार भरतपुर महानगरमा अब ३७ हजार मत गन्न बाँकी रहेको छ ।

वि.सं.२०७९ जेठ ८ आइतवार १०:३० मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...