
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी पार्टी)ले हालसम्म १७ स्थानीय तहमा जित निकालेको छ। १ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीले जितेको हो।
हेटौंडा उपमहानगर जितेको एकीकृत समाजवादीले इलामको सूर्योदय नगरपालिका, सप्तरीको सम्भुनाथ नगरपालिका, रौतहटको गौर नगरपालिका र राजदेवी नगरपालिका छन्।
यस्तै धादिङको धुनिबेसी नगरपालिका, काभ्रेको मण्डनदेउपुर नगरपालिका, चितवनको राप्ति नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकामा मेयर पद जितेको छ। मतगणना जारी रहेकाे पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।
कहाँ–कहाँ जित्याे एकीकृत समाजवादीले ?
मीना कुमारी लामा, हेटौडा उपमहानगरपालिका
खडक बहादुर रावत, घोडाघोडी नगरपालिका
गणेश बहादुर बोहरा, केदारस्युँ गाउँपालिका
धर्म बहादुर शाही, सोरु गाउँपालिका
सेनाङ गुरुङ, छार्का ताङसोङ गाउँपालिका
अंगद कुमार राना, काईके गाउँपालिका
दुर्गा बहादुर पुन, कपुरकोट गाउँपालिका
शमशेर लामा, राप्ती नगरपालिका
टोक बहादुर तामाङ, मण्डनदेउपुर नगरपालिका
वाल कृष्ण आचार्य, धुनीबेंशी नगरपालिका
प्रोण प्रताप के सी, तामाकोशी गाउँपालिका
भीखारी प्रसाद यादव, राजदेवी नगरपालिका
शम्भु साह, गौर नगरपालिका
केदार नाथ यादव, सखुवानान्कारकट्टी गाउँपालिका
जितेन्द्र प्रसाद गुप्ता कलवार, शम्भुनाथ नगरपालिका
मान वहादुर केप्छाकी मगर, उदयपुरगढी गाउँपालिका
रन बहादुर राई, सूर्योदय नगरपालिका