back

तनहुँको व्यास नगर प्रमुखमा कांग्रेसका वैकुण्ठनाथ न्यौपाने विजयी

वि.सं.२०७९ जेठ ९ सोमवार

135 

shares
NTC AD
Global IME AD

दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत सो नगरपालिकाको उपप्रमुख पदमा काङ्ग्रेसकी इन्दिरा दरैले १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का वसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गरिन् ।

कूल १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ । एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ । एमालेले व्यास–४, ५ र ७ को वडाध्यक्षमात्रै जितेको छ ।

व्यास–१ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, २ को अध्यक्षमा काशीराम श्रेष्ठ, ३ को अध्यक्षमा अनुप राना, ४ को अध्यक्षमा मनबहादुर गुरुङ, ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, ६ को अध्यक्षमा जीवन गुरुङ, ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने, ८ को अध्यक्षमा युवराज गुरुङ, ९ को अध्यक्षमा सुरेश थापा, १० को अध्यक्षमा खेमराज पोख्रेल, ११ को अध्यक्षमा दलबहादुर दुरा, १२ को अध्यक्षमा बमबहादुर आले, १३ को अध्यक्षमा वसन्तबहादुर आले र १४ को अध्यक्षमा काजीमान श्रेष्ठ विजयी भएका छन् ।

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका शक्ति

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...