back
CTIZAN AD

पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा एमालेका विष्णुप्रसाद भण्डारी विजयी

वि.सं.२०७९ जेठ ९ सोमवार

753 

shares

रामपुर (पाल्पा) । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित भएका छन् । उनी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत सो गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः दोस्रो पटक निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरेका छन् । अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वडा नं १ मा कांग्रेसबाट अध्यक्षमा ईश्वर काफ्ले एक हजार ६४३ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका मनबहादुर मश्राङ्गीले एक हजार ४४४ मत पाएका छन् । यहाँ खुला महिला सदस्य र दलित महिला सदस्य एमालेबाट र खुल्ला दुई सदस्य कांग्रेसका विजयी भएका छन् ।

वडा नं २ मा अध्यक्षमा एमालेका चेतबहादुर सुनारी ९३८ मत सहित उनको प्यानल नै निर्वाचित भएको भने प्रतिस्पर्धी कांग्रेसका रमेशप्रसाद प्रसाईले ७३६ मत ल्याएका छन् । वडा नं ३ मा अध्यक्षमा नेपाली कांग्रेसका थमनबहादुर गाहाको प्यानल नै विजयी भएको छ । उनले एक हजार ४५३ मत ल्याई निर्वाचित भएका हुन् भने उनका प्रतिपस्र्धी एमालेका रेउतबहादुर रानाले एक हजार ४१५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नं ४ मा एमालेकै अध्यक्षमा कृष्णबहादुर रायमाझीको प्यानल नै विजयी भएको छ । उनले ८३४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका चेतनारायण श्रेष्ठले ५७७ मत प्राप्त गरेका छन् ।

वडा नं ५ मा एमालेकै प्यानल निर्वाचित भएको छ । यहाँ खुमकान्त बस्याल एक हजार १४० मतसहित विजयी भएका छन् भने प्रतिस्पर्धी कांग्रेसका विष्णुबहादुर थापा कामुले ७२६ मत ल्याएका छन् ।

निर्वाचनमा सो गाउँपालिकामा ११ हजार ४५७ मत खसेको थियो । रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो । यही जेठ ६ गते अपराह्नबाट मात्रै मतगणना थालिएको हो । यससँगै जिल्लाका दश पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

 

वि.सं.२०७९ जेठ ९ सोमवार ०८:१५ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...