back
CTIZAN AD

नीति तथा कार्यक्रम : मेट्रोदेखि कार्गो रेल चलाउने योजना

वि.सं.२०७९ जेठ १० मंगलवार

669 

shares

काठमाडौं । सरकारले कार्गो र मेट्रो रेल चलाउने योजना अघि सारेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा कार्गो र मेट्रो रेल चलाउने अगाडि बढाउने बताइएको हो ।

विराटनगरको सुख्खा बन्दरगाहसम्म कार्गो रेल र पूर्व–पश्चिम रेलमार्गको अध्ययन गरिने योजना नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले काठमाडौंलाई रसुवागढी र वीरगञ्जसँग रेलमार्गले जोड्ने योजना पनि अगाडि सारेको छ ।

यसअघि पनि सरकारले पूर्व–पश्चिम रेलमार्गको अध्ययन गर्ने कार्यक्रम अगाडि सारेको थियो । महानगरका मेयरहरुले पनि मोनो र मेट्रो रेलका कुरा गरेका थिए ।

यस्तै, सरकारले पूर्व–पश्चिम राजमार्गलाई एसियन हाइवेको रुपमा स्तोन्नति गरिने पनि योजना अगाडि सारेको छ । प्रस्तुत नीति तथा कार्यक्रममा पूर्व–पश्चिम राजमार्गलाई ५ वर्षभित्र ४ लेनको एसियन हाइवेका रुपमा स्तोन्नति गरिने उल्लेख छ ।

त्यस्तै, सरकारले काठमाडौं– तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) तोकिएको समयमा नै सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइने जनाएको छ ।

वि.सं.२०७९ जेठ १० मंगलवार १७:४५ मा प्रकाशित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...