back
CTIZAN AD

यस कारण स्थगित गरियो सलमान खान आउने कार्यक्रम

वि.सं.२०७९ जेठ १० मंगलवार

705 

shares

काठमाडौं । भारतीय नायक सलमानखानको उपस्थितिमा आउँदो शनिबार दशरथ रंगशालामा आयोजना गरिने भनिएको संगीतिक कार्यक्रम स्थगन गरिएको छ ।

स्थानीय तहको निर्वाचन, निरन्तर भइरहेको वर्षाका कारण टिकट विक्रिमापरेको प्रभाव लगायतका कारण उक्त कार्यक्रम हाललाई स्थगित गरिएको आयोजक ओडिसी इन्टरटेन्टमेन्ट प्रा.लिका प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताएका छन् ।

गुरुङले भारतीय कलाकारसँग छलफल गरेर कार्यक्रमको लागि अर्को मिति छिट्टै तय गरिने बताएका छन् ।

भारतीय अभिनेता सलामान खानसँगै अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा लगायतका एक दर्जन कलाकार उपस्थिति हुने भनिएको उक्त कार्यक्रमको विभिन्न तयारीका लागि हालसम्म ८ करोड खर्च भइसकेको पनि आयोजक संस्थाले जनाएको छ ।

वि.सं.२०७९ जेठ १० मंगलवार १८:०५ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...