
काठमाडौं । भारतीय नायक सलमानखानको उपस्थितिमा आउँदो शनिबार दशरथ रंगशालामा आयोजना गरिने भनिएको संगीतिक कार्यक्रम स्थगन गरिएको छ ।
स्थानीय तहको निर्वाचन, निरन्तर भइरहेको वर्षाका कारण टिकट विक्रिमापरेको प्रभाव लगायतका कारण उक्त कार्यक्रम हाललाई स्थगित गरिएको आयोजक ओडिसी इन्टरटेन्टमेन्ट प्रा.लिका प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताएका छन् ।
गुरुङले भारतीय कलाकारसँग छलफल गरेर कार्यक्रमको लागि अर्को मिति छिट्टै तय गरिने बताएका छन् ।
भारतीय अभिनेता सलामान खानसँगै अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा लगायतका एक दर्जन कलाकार उपस्थिति हुने भनिएको उक्त कार्यक्रमको विभिन्न तयारीका लागि हालसम्म ८ करोड खर्च भइसकेको पनि आयोजक संस्थाले जनाएको छ ।