back
CTIZAN AD

प्रदेश सरकारको प्राथमिकतामा कृषि : मन्त्री आङ्बो

वि.सं.२०७९ जेठ १० मंगलवार

831 

shares

विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले देशको आर्थिक विकास गर्न कृषिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

प्रदेश नं १ कृषि मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमासम्बन्धी छलफलमा उनले विकास र समृद्धिको यात्रा पूरा गर्न कृषिमा परिवर्तन नगरी सम्भव नहुने कुरामा जोड दिए । खाद्यान्नजस्ता अन्य वस्तु आयात गर्दा धेरै रकम विदेशिने गरेका कारण मुलुकमा समस्या देखिएको उल्लेख गर्दै मन्त्री आङ्बोले खाद्यान्नमा आत्मनिर्भर बन्न उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।
परम्परागत कृषि प्रणालीले उत्पादन र उत्पादकत्व नबढेको उल्लेख गर्दै उनले कृषिमा संलग्न सबैले नवीन प्रविधि र सीपको प्रयोग गर्नुपर्ने धारणा राखे मन्त्री आङ्बोले छलफलमा उठेका महत्वपूर्ण विषयलाई सरकारले अङ्गिकार गर्ने सो अवसरमा जानकारी दिए ।

प्रदेश कृषि मन्त्री झलकबहादुर मगरले विगतको जस्तो खेतीपाती गरेर उत्पादन र उत्पादकत्व नबढेकाले यसमा किसानले रुचिका साथ नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बताए । परनिर्भरता हटाउन र आत्मनिर्भर बन्न सबै प्रकारको कृषिउपज बढाउनुपर्ने भन्दै मन्त्री मगरले प्रदेश सरकारले पनि कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।

वि.सं.२०७९ जेठ १० मंगलवार २०:३० मा प्रकाशित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...