back
CTIZAN AD

अबुधाबीमा ग्यास विस्फोट, दुईको मृत्यु, १२० घाइते

वि.सं.२०७९ जेठ १० मंगलवार

744 

shares

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । यस घटनामा परी अन्य १२० जना घाइते भएका छन् । प्रारम्भिक समाचारकाअनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ । यद्यपी दुई जनाको मृत्यु भएको प्रहरीले गरेको ट्वीटमा जनाइएको छ ।

सोमबार भएको विष्फोट नियन्त्रणमा आउनुअघि छवटा भवन र धेरै पसलहरुमा आगलागि भएको समाचारमा बताइएको छ । क्षतिग्रस्त भवनहरु मध्ये चार ओटालाई सुरक्षित रूपमा खाली गरिएको थियो । भवनहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म ती बासिन्दाहरूलाई अस्थायी आवास खोज्ने प्रयासहरू भइरहेका प्रहरीले जानकारी दिएको छ ।

पहिलो पटक विस्फोटको आवाज सानो सुनिएको तर त्यसपछि चाँडै नै त्यहाँ ठूलो विस्फोट भएको र यसको आवाज पनि ठूलो आएको बताइएको छ । एएफपी

वि.सं.२०७९ जेठ १० मंगलवार २०:३२ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...