back
CTIZAN AD

ललितपुर महानगरको प्रमुखमा पुनः कांग्रेसका चिरीबाबु महर्जन विजयी

वि.सं.२०७९ जेठ ११ बुधवार

810 

shares

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् ।

प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत ल्याएर जित हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत प्राप्त गरे ।

त्यस्तै नगर उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य विजयी भएकी छन् शाक्यले २५ हजार ८५ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत ल्याएका थिए ।

महानगरका २९ वडामध्ये कांग्रेस र एमाले ११–११ वडामा विजयी भएका छन् भने नेकपा (माओवादी केन्द्र) तीन, नेकपा (एकीकृत समाजवादी) दुई र स्वतन्त्र उम्मेदवार दुई वडाध्यक्षमा विजयी भएका छन् ।

कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, ६ मा रुपेन्द्रराज शाक्य, ७ मा कुलबहादुर महर्जन, ८ मा बाबुरत्न महर्जन, ९ मा राजु महर्जन, १० मा रविन व्यञ्जनकार, ११ मा अरोजकुमार खड्गी, १४ मा अमृतजङ्ग महत, १६ मा निर्मलरत्न शाक्य, २० मा चन्द्र महर्जन र वडा नं २८ मा गणेशकुमार महर्जन विजयी भएका छन् ।

एमालेबाट वडा नं ५ मा विकासमान श्रेष्ठ, १२ मा नारायणलाल अवाले, १५ मा सुरेश शाही, १७ मा विनोद महर्जन, १८ मा दामोदर खड्का, १९ मा राजेन्द्र महर्जन, २२ मा सागर तुलाधर, २३ मा जीवन महर्जन, २४ मा दिनेशजङ्ग पाण्डे, २५ मा दौलतकुमार खत्री र २९ मा गणेशकुमार महर्जन विजयी भएका छन् ।

यस्तै माओवादी केन्द्रबाट वडा नं २१ मा रवीन्द्र महर्जन, २६ मा सुरेश महर्जन र २७ मा कृष्णहरि महर्जन विजयी भएका छन् भने एकीकृत समाजवादीबाट वडा नं २ मा राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भएका छन् । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं १३ मा गणेश केसी विजयी भएका छन् । गणना सुरु भएको ११ दिनपछि अन्तिम नतिजा सार्वजनिक भएको हो ।

 

वि.सं.२०७९ जेठ ११ बुधवार ०७:४७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...