
काठमाडौं । एनएमबी बैंक लिमिटेडले काबेली ३ जलविधुत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरिजंघा गाउँपालिकामा निर्माण भइरहेको काबेली ३ जलविद्युत् आयोजनामा काबेली हाइड्रो पावर कम्पनी प्रालीद्धारा प्रवर्द्धन गरिएको जलविद्युत् आयोजना हो ।
यस आयोजनामा एनएमबी बैंक अगुवा बैंकको रुपमा रहेको छ भने सहवित्तीय कारणमा सहभागी अन्य बैंकमा सेन्चुरी कर्मसियल बैंक लिमिटेड रहेको छ । २१.९३ मेगावाट क्षमता भएको यस आयोजनाको कुल लागत ४ अर्ब २८ करोड ५० लाख रहेको छ । जसमध्ये बैंकहरुको ऋण लगानी ३ अर्ब २१ करोड ३० लाख रहने छ । यस आयोजना समेत गरी एनएमबी बैंकले क ुल ४३ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको इन्भारोन्मेन्टल एन्ड सोसियल मितिगसन गाइडलान्सअनुसार एनएमबी बैंकले इन्भारोमेन्टल एन्ड सोसियल पोलिसी तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ । बैंकले पर्यावरण तथा सामाजिक प्रणाली अन्तर्गत प्रचलित अन्तराष्ट्रिय अभ्यासलाई आत्मसात गर्दै जलविद्युतका आयोजनामा लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।
एनएमबी बैंकले हाल देशभरि २सय १ शाखा , १ सय ३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।