back
CTIZAN AD

तुल्सीपुर उपमहानगरको मेयर र उपमेयरमा एमाले विजयी

वि.सं.२०७९ जेठ ११ बुधवार

750 

shares

काठमाडौं । तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका टिका राम खड्का र उपप्रमुखमा स्यानी चौधरी निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट मेयरका साझा उम्मेदवार रहेका गेहेन्द्र गिरीलाई ३,९९१ मतले हराउँदै एमालेका उम्मेदवार खड्का मेयरमा निर्वाचित भएका हु्न । खड्काले ३१ हजार ४०८ मत ल्याएर विजयी हुँदा गिरीले २७ हजार ६९१ मत प्राप्त गरे ।

पूर्वसांसद समेत रहेका गिरी २०७४ को निर्वाचनमा पनि एमालेका घनश्याम पाण्डेसँग पराजित भएका थिए ।

त्यस्तै उपप्रमुखमा एमालेकै स्यानी चौधरीले ३० हजार ५९७ मत ल्याएर विजयी भएकी छन् । उनले गठबन्धनका साझा उम्मेदवार एकिकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतले हराएकी हुन् । रानाले २१ हजार ६५ मत ल्याएर दोस्रो भएका छन् ।

मत परिणाम सकारात्मक नदेखेपछि रानाले मत गणनाकै क्रममा पार्टीको जिल्ला इन्चार्जबाट राजीनामा दिएका थिए ।
तुल्सीपुर उपमहानगरमा रहेका १९ वटा वडामध्ये एमाले १०, कांग्रेस ५, माओवादी केन्द्र ३ र एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

वि.सं.२०७९ जेठ ११ बुधवार १५:५२ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...