
सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको छ ।
लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा गएराति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
दुर्घटनामा सुनकोसी–७ की ७५ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि गम्भीर घाईते भएकी खड्काको उपचारका क्रममा मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर यादवका अनुसार घुम्ती मोड्न नसकेर एम्बुलेन्स सडक छेउको घरमा पुग्दा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको प्रारम्भिक अनुसन्धामा देखिएको छ ।
तस्बिरहरु- दिनेश थापा