back
CTIZAN AD

यसरी ब्रेक गरियो कृष्ण सेन हत्याको त्यो समाचार

वि.सं.२०७९ जेठ १२ बिहीवार

1K 

shares

काठमाडौं । पत्रकार कृष्ण सेन मारिएको भोली जेठ १३ गते १७ वर्ष पुग्दैछ ।

माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशमा कार्यरत पत्रकार सेन द्धन्द्धकालमा राज्यपक्षबाट मारिएका थिए ।

तत्कालीन नेपाल प्रहरीले सेनलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लावमा राखेको थियो । सोहि क्रममा उनको हत्या गरिएको थियो ।

सेनको हत्या भएको समयको स्मरण गर्दै पत्रकार किशोर श्रेष्ठले कृष्ण सेन मारिएको खबर जनआस्थामा पहिलोपटक ब्रेक गरेको स्मरण गरेका छन् ।

पत्रकार श्रेष्ठ भन्छन्–

‘२०५९ साल जेठ अन्तिम साताको कुरा हो । मंगलबार राती हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो–‘कृष्णलाई त मार्यो नि !’

‘को कृष्ण ?’– उसले डिटेलमा भन्न सकेन । संकटकालको बेला थियो–सेना, प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था । दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको बर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने ब्यक्ति कृष्ण सेन मारिएको ठाँउका प्रत्यक्षदर्शीमध्येकै ।

फोन आएपछि यस विषयमा छलफल गर्यौँ । तर कन्फ्युजन भयो । मारिएका ब्यक्तिको नाम कृष्ण मात्रै भनिएको थियो । जबकि पक्राउ परेका दुई जना थिए । कृष्णध्वज खड्का र अर्का कृष्ण सेन ‘इच्छुक’ । हामीले यो हप्ता विस्तृत सूचना पाउन नसकेपछि समाचार लेखेनौं । अर्काे हप्ता सोमवार फेरि फोन आयो । स्रोतले भन्यो–‘तपाईंहरु समाचार छाप्न डराउनु भएछ यार ।’ हामीले भन्यौं, किन डराउनु र को कृष्ण हो,डिटेलमा भन्नु पर्यो नि !

उसले भन्यो,त्यो पत्रकार कृष्ण के त ! यसपछि भने मारिने ब्यक्ति कृष्ण सेन ‘इच्छुक’ नै रहेछन् भन्ने पक्का भयो । उनलाई जेठ ६ गते प्रहरीले पक्रिएको थियो । त्यो घटना थियो जेठ १३ गतेको । घटना के हो भनेर सोध्दा स्रोतले भन्यो,–बसेर केरकार गर्दागदै ढल्यो । औषधी नियमित खानुपर्ने उसलाई मुटुको रोग पनि रहेछ । औषधी पनि खान नपाएको,अलिअलि गर्दागदै ढल्यो । कृष्ण सेनको हत्या हुँदा त्यहाँ को–को थिए ? यो प्रश्नमा स्रोतले भन्यो, तत्कालिन भ्याली डिआइजी, नगर प्रहरीका इन्चार्ज र ज्याङगो ज्यान भएका इन्स्पेक्टर कमल खाँण । उनीहरुले नै कुटेर मारेका हुन् ।

अनि लासलाई के गरे त ?
पिकअप गाडीमा हालेर लगे र विष्णुमतितिर सेलाए । पोल्नुभन्दा पहिला इन्काउन्टरमा मारिएको भन्ने पार्नलाई छातीमा दुई वटा गोली हानेर मुचुल्का बनाए । स्रोतले यस्तो जानकारी दिएपछि हामीले ०५९ असार १२ गतेको जनआस्था साप्ताहिकमा ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकमा अलविदा कृष्ण सेन भनेर लेख्यौं । कृष्ण सेन मेरा पनि साथी थिए । म पत्रकार महासंघमा महासचिव उठ्दाखेरि महेश्वर दाहाल केन्द्रीय सदस्यका उम्मेदवार । हामीबीच संयुक्त प्यानल बनाउँदा कृष्ण सेन पनि सँगै थिए ।

समाचार लेख्ने बेलामा मैले तत्कालिन भ्याली डिआइजीलाई पनि पुस्ट्याइँको निम्ति सोधेँ । उनले भाइ, लेख्नचाहिँ नलेख्नुहोस्,तर अलिअलि तीतोमिठो गर्दागर्दै गयो क्या भने । अर्काे हप्ता जनआस्थाले फलोअप स्टोरी गर्ने क्रममा फेरि पुरानो स्रोतलाई सोधियो,आखिर सेनलाई कसरी मारियो त ? स्रोतले भन्यो, तिनै डिआईजीले कृष्ण सेनलाई सोधे, ल भन् ‘तँ ठकुरी, म पनि ठकुरी, राजा त झन ठकुरी, तैँले के ठानेको छस् र के गर्न सक्छस् ?’ कृष्ण सेन त्यत्ति बोलिराखेका थिएनन्, उनी कमजोर थिए । त्यही क्रममा सानो कोठामा लगेर भाक्कभुक्क हिर्काउँदा हिर्काउँदै मरिहाले ।
सेनको हत्यासम्बन्धी समाचार आएपछि गृहमन्त्रालयले यसबारेमा छानविन गर्न गुप्तचर उपप्रमुख श्रीपुरुष ढकाल (पछि लोकसेवा आयोग सदस्य) को नेतृत्वमा टिम बनाएको थियो । डा.हरिहर वस्तीले पोष्टमार्टम गरेको भन्ने उसको रिपोर्ट छ । मंगोलियन अनुहारको,यति उमेरको मान्छे गोकर्णको जंगलमा इन्काउन्टरमा मारिएको भन्ने निचोड छ उक्त आयोगको । कृष्ण सेनको समाचार लेखेपछि जनआस्थामाथि चर्काे प्रहार भयो ।

त्यतिबेला देवेन्द्रराज कँडेल गृहराज्यमन्त्री थिए । शेरबहादुर देउवा प्रधानमन्त्री । हिरासतमा भएको मान्छेलाई कुटिकुटी मारेको समाचार ब्रेक गरिसकेपछि उनीहरुलाई सिपीजेबाट चर्काे दबाब आयो । पत्रकार गोपाल बुढाथोकीलाई त्यही बेला सेनाले अपहरण गर्यो, मैले पनि भागीभागी हिंड्नुपर्यो । तात्कालिन प्रधानसेनापति प्रज्वलसमशेरको समाचार लेख्दा मलाई अफिसबाटै पक्राउ गरियो । उनीसँग र्याडिसन होटलको यौटा रिसेप्सनमा मेरो झगडै भयो,उनले तँलाई सुट गर्छुसम्म भने । मैले उनलाई “तँ एक बर्षमा भूपू हुन्छस्,अवकाश पाएकै दिन तेरो बन्दुक थन्किन्छ तर म त आफूले चाहुन्जेल पत्रकारितामै हुन्छु, नमरुन्जेल कलम मैसङ्ग हुन्छ’ भनेरै थर्काएँ । पञ्चायतमा विमर्श साप्ताहिकबाट शासकहरुलाई जस्तो अप्ठयारो थियो,त्यो बेला जनआस्थाबाट पनि शासकहरु त्यसैगरी आत्तिएको अवस्था थियो । त्यसपछि राज्यसत्ताले अनेक अत्तो थापेर जनआस्थालाई बन्द गर्न के–के गर्दै गयो घटनाक्रम ताजै छन् ।
हार्दिक श्रध्दान्जली साथी कृष्ण सेन !’

वि.सं.२०७९ जेठ १२ बिहीवार ११:०४ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...