
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा १०%सम्मको छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्ड बाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा क्रमशः ७% तथा १०% को छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौता पश्चात् ग्राहकहरुले ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरी जीतपुर, बारामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एक मुष्ठ अधिकतम् १०%सम्मको छुट बैंकले जनाएको छ । बैंकका अनुसार उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ । ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।