back
CTIZAN AD

पार्टीबाट राजीनामा दिएका रविन्द्रले भने–मन लागेमा सिनेमा पनि खेल्छु

वि.सं.२०७९ जेठ १२ बिहीवार

801 

shares

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरुको सकारात्मक परिणाम नआएपछि विवेकशस्ल साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रविन्द्र मिश्रले पार्टीका अन्य सदस्यलाई राजीनामा नदिन अनुरोध गरेका छन् ।

कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, आफुले पनि त्यही नै गरेको भन्दै उनले पार्टीबाट राजीनामा दिने तयारी गरिरहेका अन्य सदस्य तथा पदाधिकारीहरुलाई त्यसो नगर्न समेत अनुरोध गरेका छन् । ‘ पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु।’ मिश्रले भनेका छन् ।

पार्टीबाट राजीनामा दिएपछि धेरैले ‘अब के गर्नुहुन्छ ?’ भनर प्रश्नहरु आएको बताउँदै मिश्रले भनेका छन् –‘मलाई मेरो भाग्यले गुनासो गर्ने ठाऊँ नै नराखि चाहिनेभन्दा बढी दिइसकेको छ । मलाई थप केही आवश्यक छैन । मेरो राजनीतिको प्रमुख उद्देश्य ‘देशको दूरगामी हित र दशकौँसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्शै गर्न सकेन तिनलाई स्पर्श गर्नु’ थियो । त्यो सफलता अहिलेसम्म हासिल भएको छैन । त्यसका लागि ‘विचारभन्दा माथि देश’ लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो । त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु । बाँकि, ‘उपरवाले की इच्छा !’

पार्टीको अध्यक्षबाट राजीनामा दिएपछि अगामी दिनमा कविता लेख्ने, किताव लेख्नुका साथै परोपकारी काम गर्ने र मन लागेमा सिनेमामा अभिनय समेत गर्ने मिश्रले सामाजिक संजालमा लेखेका छन् ।

विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

 

 

वि.सं.२०७९ जेठ १२ बिहीवार ११:३८ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...