back
CTIZAN AD

संसदमा ओलीको सम्बोधन : चुनावमा सत्तापक्षले पञ्चायतभन्दा बढी अत्याचार गर्‍यो

वि.सं.२०७९ जेठ १२ बिहीवार

654 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा राज्यसंयन्त्रको चरम दुरुपयोग गरिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पञ्चायतकालमा समेत अहिलेको जस्तो राज्यसंयन्त्रको दुरुपयोग नभएको बताए ।

सत्तापक्षको तर्फबाट मतदातालाई भयभित बनाउने, आक्रान्त बनाउने काम भएको उनको आरोप छ ।

राज्यसंयन्त्रको यो तहको दुरुपयोग पञ्चायतकालमा पनि भएको थिएन, यस्तो नांगो ढंगले सत्ता कब्जै गर्ने खालको काम पञ्चायतमा पनि भएको थिएन”, उनले भने, “निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन, सत्तापक्षले बूथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ । उम्मेदवारको घरमा बम पड्काइएको छ ।”

प्रतिपक्षलाई सिध्याउने घोषित नीति नै लिएर निर्वाचन गरिएको उनको भनाइ थियो। “गठबन्धनको घोषित नीति थियो धूलो प्रतिपक्षलाई चटाइदिने, पत्तासाफ गरिदिने । एउटा ठाउँमा पनि प्रतिपक्षका कारण स्थगित भएको होइन”, ओलीले भने ।

१४ दिनसम्म पनि परिणाम आउन नसक्नुप्रति ओलीको आपत्ति छ । मतगणनामा नियोजित ढिलाई भएको बताए ।

वि.सं.२०७९ जेठ १२ बिहीवार १२:०१ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...