back
CTIZAN AD

संसदमा झलनाथले भने– दलहरु संविधानबमोजिम नचले धेरै बालेनहरु जन्मिनेछन्

वि.सं.२०७९ जेठ १२ बिहीवार

738 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता  झलनाथ खनालले संविधान बमोजिम अगाडि नबढे दलहरु इतिहासमा पछाडि छोडिदै जाने बताएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा चलिरहेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै नेता खनालले संविधानलाई मार्गदर्शक बनाएर दलहरु अगाडि नबढे धेरै बालेनहरु जन्मने बताए ।

‘ठोस नीति, योजना र कार्यक्रम हामीले अगाडि सार्न सकेनौ भने, इतिहासमा पछि पदै जाने र धेरै बालेनहरु अनि जन्मिने छन् । बालेनहरुले राज्य गर्ने छन्,’ नेता खनालले भने, ‘पोलिटिकल पार्टीको अस्तित्व र उपादेयिता समाप्त हुँदै जानेछ ।’नेता खनालले भने ।

नेता खनालले रसिया–युक्रेन युद्धका कारण विश्वभरी मुद्रा स्फ्रीति तिब्र ढंगले बढ्दै गएको र खाद्य संकट पनि विश्वव्यापी रुपमा बढ्दै गएको अवस्थामा नेपाल पनि प्रभावित हुने बताए ।

‘विश्व बजारमा अत्यधिक रुपमा बढ्दै गएको पेट्रोलियम पर्दाथको मूल्यका कारण त्यसले यातायात र सेवाका मूल्यहरुमा वृद्दिहुने अनिवार्य हुन्छ । जसले गर्दा जनजीवनलाई व्यापक रुपमा प्रभाव पर्ने कुरा स्वतः सिद्ध छ,’ उनले भने, ‘छिमेकी भारतले चिनी गहुँ लगायतका सामग्रीमा प्रति बन्द लगाइसकेको छ । यसलाई ध्यानमा राखेर हाम्रो नीति तथा कार्यक्रमले सिंगो वर्षभरी नेपालमा कस्तो परिस्थिति हुन सक्छ भन्ने कुराको आंकलन गरेर त्यसका विरुद्ध कस्तो तयारी गर्ने भन्ने कुरामा राम्रो ध्यान यो नीति तथा कार्यक्रममा गएको छैन ।

नेता खनालले नेपालमा उत्पादन भएका सामग्रीहरु भण्डारण गर्ने अत्याधुनिक प्रविधिको विकास नभएकोले ति बाहिर निर्यात हुनाले नेपाल सधै आर्थिक भारमा पर्ने हुनाले त्यसलाई पनि नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने बताए ।

 

 

वि.सं.२०७९ जेठ १२ बिहीवार १७:०७ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...