back
CTIZAN AD

ओलीले किन आपत्ति जनाए अमेरिकी उपसहायकमन्त्रीको भ्रमणप्रति ?

वि.सं.२०७९ जेठ १२ बिहीवार

762 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्री उज्रा जीयाको नेपाल भ्रमणप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले विदेशमन्त्री जीयाको भ्रमणबारे सरकारको जवाफ मागे ।

विदेशमन्त्री जीयाको भ्रमणले सरकार कुटनीतिक रुपमा कति लाचार छ भन्ने देखाएको अध्यक्ष ओलीको टिप्पणी छ । सरकारलाई छिमेक सम्बन्धप्रति किन इमानदार नभएको भनि अध्यक्ष ओलीले प्रश्न पनि तेर्साएका छन् ।

“यो सरकार कूटनीतिक रूपमा लाचार छ । एउटा उपसहायकमन्त्री आउँदा कामज्वरो आउनुपर्ने कस्तो निरिहता हो ?”, ओलीको प्रश्न छ, “स्कर्टिङ गरेर गुम्बा-गुम्बा पुर्‍याइएको छ, छिमेक सम्बन्धप्रति इमानदार हुनुपर्दैन ?”

अध्यक्ष ओलीले अमेरिकी उपविदेशमन्त्रीको भ्रमणलाई जोडेर सरकारको एक चीन नीतिबारे पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ माग गरेका छन् । संसदमा बोल्दै अध्यक्ष ओलीले भनेका छन्, “नेपाल एक चीन नीतिबारे अडिग हो÷होइन ? प्रधानमन्त्रीले संसदलाई स्पष्ट रूपमा जवाफ दिनुपर्‍यो ।”

No description available.

अमेरिकी उपविदेशमन्त्रीको भ्रमणप्रति किन प्रश्न ?

अमेरिकी उपविदेशमन्त्री उज्रा जीया गत साता तीनदिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुगेकी थिइन् । उनले काठमाडौंमा बस्दा प्रधानमन्त्री देउवासहित विभिन्न कुटनीतिक नियोगका प्रमुखहरुसँग भेटवार्ता गरेकी थिइन् ।

औपचारिक एजेण्डा बिना नेपाल आएकी उपविदेशमन्त्रीले काठमाडौंमा रहँदा बौद्ध र जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी थिइन् । उनले घण्टौंसम्म गुम्बाका लामाहरुसँग छलफल पनि गरेकी थिइन् ।

उज्रा जीया अमेरिकी उपविदेशमन्त्री मात्रै होइनन् उनी तिब्बती मुद्दाका लागि विशेष संयोजक पनि हुन् । तिब्बती मुद्दाका लागि विशेष संयोजकसमेत रहेकी जीयाको भ्रमणप्रति चीनले गहिरो आशंकापूर्णं चासो व्यक्त गरेको छ ।

उत्तरी छिमेक चीनले तिब्बतको मुद्दामाथि चलखेल हुँदै गरेको आशंका गरिरहेको बेला ओलीले जवाफ मागेका हुन् । अहिले राजनीतिक नेतृत्वमा अमेरिकी उपविदेशमन्त्री जीयाको भ्रमणप्रति अनेकन आशंका छन् ।

वि.सं.२०७९ जेठ १२ बिहीवार १८:२७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...