back
CTIZAN AD

बुढीगङ्गामा पुनः मतदान गर्ने आयोगको निर्णय

वि.सं.२०७९ जेठ १२ बिहीवार

960 

shares

काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको सम्पूर्ण मतदान रद्द गरी यथाशिघ्र पुनःमतदान गर्ने मिति र समय तोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।

आयोगको आजको बैठकले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा (४) बमोजिम सो निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी जानकरी दिएका छन् । गत वैशाख ३० गते सो पालिकामा भएको मतदानमा राजनीतिक विवाद भएपछि आयोगले आयुक्त सगुनशमशेर जबराको नेतृत्वमा छानविन टोली स्थलगतरूपमा खटाएको थियो ।

आयोगले बाजुरका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले निजहरुलाई तीन दिनभित्र हटाई सो पदमा अन्य कर्मचारीलाई खटाउन पनि निर्देशन दिएको छ ।

आयोगले ती पदमा जिम्मेवार कर्मचारी खटाई स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयललाई निर्देशन दिनाका साथै निजहरुलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३८ को उपदफा १ बमोजिम मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

 

वि.सं.२०७९ जेठ १२ बिहीवार २१:२२ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...