back
CTIZAN AD

कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित

वि.सं.२०७९ जेठ १३ शुक्रवार

1.1K 

shares

काठमाडौं । कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट चार जना पत्रकार सम्मानित भएका छन् ।

सो पत्रकारिता पुरस्कारबाट प्रेस सेन्टर नेपालका संस्थापक संयोजक महेश्वर दाहाल पुरस्कृत भएका छन् । २०४५ सालमा योजना साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका उनले नेपालबाट प्रकाशित हुने जनादेश, जनदिशालगायत झण्डै एक दर्जन पत्रपत्रिकाको नेतृत्वका साथै भारतबाट प्रकाशित हुने नेपाली पत्रिकाको पनि सम्पादकीय नेतृत्व गरेर जनपक्षीय पत्रकारितामा ठूलो योगदान गरेका छन् । हाल प्रेस सेन्टर नेपालको इन्चार्जको रुपमा रहेका उनले समयबद्ध साप्ताहिकका साथै झिल्को अनलाइनको सम्पादकीय नेतृत्व गर्दै आएका छन् ।

No description available.

दाहालले प्रेस सेन्टर नेपालको संस्थापक संयोजक, पूर्वअध्यक्षका साथै नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकीकरणपछि बनेको प्रेस संगठन नेपालको झण्डै तीन वर्ष संयोजक भएर नेतृत्व गरेका थिए ।

यसैगरी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य ‘ कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार २०७८ ’ बाट पुरस्कृत भएका छन् । उनले विगत ३० वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका छन् । प्रेस सेन्टर नेपालको संस्थापक रहेका आचार्यले संस्थाको नेतृत्वमात्रै नभएर नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको पनि नेतृत्व गरेका छन् ।

No description available.

आचार्यले २०४९ मा जनादेश साप्ताहिकमार्फत् पत्रकारिता सुरु गरेका थिए । त्यसपछि उनले ०५४ सालमा त्यही पत्रिकाको कार्यकारी सम्पादक र ०५८ सालमा कृष्ण सेनपछिको सम्पादकको रुपमा काम गरेका थिए । पत्रकार महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष, प्रेस काउन्सिल नेपालको सदस्य, पुर्व प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारसमेत भइसकेका उनले मातृभूमि, जनदिशालगायतका पत्रपत्रिकाको सम्पादकीय नेतृत्व गरिसकेका छन् ।

No description available.

लामो समयदेखि जनपक्षीय पत्रकारिता गर्दै आएका प्रेस सेन्टर नेपालका नेता बलराम थापा शक्ति-तारा स्मृति पुरस्कार २०७८ बाट पुरस्कृत भएका छन् । नेता थापाले २०४८ सालमा आँकुरा साहित्यिक पत्रिकाको सम्पादक मण्डलमा आवद्ध भएर पत्रकारिता सुरु गरेका उनले चौतारी मासिक, पौरख, नयाँ जनवाद मासिक, प्रत्याक्रमण, महिमा, जलजला, जनादेशलगायतका पत्रपत्रिकाको सम्पादकीय नेतृत्वमा रहेर काम गरेका छन् । प्रेस सेन्टर नेपालको स्थापना पहिले उनले जनपक्षीय पत्रकार संघ २०५४ र प्रगतिशील पत्रकार समूह २०५१ को संस्थापक सदस्यको रुपमा समेत काम गरेका थिए ।

No description available.

शक्ति-तारा स्मृति पुरस्कार २०७९ बाट पत्रकार लक्ष्मी पुनलाई सम्मान गरिएको छ । २०५६ सालमा भारतको गोवाबाट प्रकाशित हुने भास्को इन्साइडबाट पत्रकारिता सुरु गरेकी उनले रेडियो जनगणतन्त्र मगराँत प्रसारण केन्द्रमा काम गरेकी छन् । जनउभार, जनसन्देश, नेपाल टेलिभिजन, द वाल्करलगायतका सञ्चारमाध्यममा क्रियाशील रहिसकेकी पुन प्रेस सेन्टर नेपालको पूर्वपदाधिकारीका साथै नेपाल पत्रकार महासंघको निवर्तमान सचिव समेत हुन् ।

 

वि.सं.२०७९ जेठ १३ शुक्रवार १५:१२ मा प्रकाशित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...