back
CTIZAN AD

विद्युतको १ नम्बर प्रदेश अधिवेशन सम्पन्न, यी हुन् कर्मचारी नेताहरु

वि.सं.२०७९ जेठ १३ शुक्रवार

1.5K 

shares

विराटनगर । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन १ नम्बर प्रदेश समितिको एकताको ११ औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।

शुक्रबार विराटनगरमा सम्पन्न सो अधिवेशनले ३३ सदस्यीय केन्द्रिय प्रतिनिधि तथा प्रदेश समिति सर्वसम्मत रूपले चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका रुपमा बोल्दै युनियनका केन्दीय संयोजक रामेश्वर पौंडेलले नेपाल विद्युत प्राधिकरणमा राष्ट्रिय कर्मचारी युनियन प्रगतिशील कर्मचारीहरुको साझा ट्रेड युनियन भएको बताए । उनले टुटफुटमा नलागी एकताबद्ध भएर जान सबैलाई आह्वान गरे ।

सहसंयोजक खगेन्द्र शाहीले कर्मचारीहरुले राजनैतिक पार्टीहरुका झोला नबोकी प्राधिकरण र देशको झण्डा बोक्नु पर्ने भनाइ राखे। राष्ट्रिय कर्मचारी युनियनलाई जनताको सेवामा दत्तचित्त भएर लाग्ने ट्रेड युनियन बनाउनु पर्नेमा जोड दिँदै उनले प्राधिकरणमा प्रगतिशील विचार राख्ने र यथास्थिति विचार राख्ने दुईवटा मात्र ट्रेड युनियन आवश्यक रहेको बताए ।
अधिवेशनमा केन्दीय सचिवालय सदस्य नन्दकिशोर चौधरीको पनि उपस्थिति थियो ।

अधिवेशनले चयन गरेको केन्द्रीय प्रतिनिधिहरुमा उदय प्रकाश गुरागाईं, दीपक गुरुङ, हरिराम पोखरेल, गंगा राउत, पार्वता लुईंटेल, सोम लुईंटेल, नन्दसिंह सिकर्मी, व्यासी शाही, लोकेन्द कार्की, नारायण न्यौपाने, अजय कुमार राय, सिकेन्द्र महतो, रामचन्द्र खतिवडा, प्रेम बहादर शाही, कमल पौडेल, गिताप्रसाद सिटौला, मानबहादुर खत्री, कृष्ण चन्द्र झा, हरि कृष्ण पराजुली, शेरबहादुर मास्के, मिनकुमार पराजुली, योगेश ढकाल, जानुका खतिवडा, हेमलाल प्रसाईं, कृष्णकुमार दास, शम्भुलाल कर्ण, खिमराज मगर, कृष्ण नारायण यादव, प्रमोद यादव, ललन अधिकारी अजित झा, निर्मला सुवेदी र ज्योति अधिकारी रहेका छन् ।

त्यस्तै युनियन १ नम्बर प्रदेश समितिको अध्यक्षमा शत्रुधन यादव चयन भएका छन् । समितिको उपाध्यक्षमा प्रेमबहादुर थापा, सचिवमा तुला श्रेष्ठ र कोषाध्यक्षमा पवन यादव रहेका छन् भने सदस्यमा लिलानाथ शर्मा, लाफुवी शेर्पा, अनिल लिम्बू, सुमन आचार्य, रामचन्द्र ठाकुर, हिमा पोखरेल, अश्विनी थापा, राजन श्रेष्ठ, बुद्धनारायण चौधरी, मदन तिम्सिना, रामानन्द साह, रितेश श्रेष्ठ, जितनारायण चौघर, युवराज श्रेष्ठ, योगेश सुनार, अर्जुन यादव, प्रभाष गुरुङ र सन्तोष दाहाल रहेका छन् ।

 

वि.सं.२०७९ जेठ १३ शुक्रवार २१:२७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...