
विराटनगर । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन १ नम्बर प्रदेश समितिको एकताको ११ औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।
शुक्रबार विराटनगरमा सम्पन्न सो अधिवेशनले ३३ सदस्यीय केन्द्रिय प्रतिनिधि तथा प्रदेश समिति सर्वसम्मत रूपले चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहेका रुपमा बोल्दै युनियनका केन्दीय संयोजक रामेश्वर पौंडेलले नेपाल विद्युत प्राधिकरणमा राष्ट्रिय कर्मचारी युनियन प्रगतिशील कर्मचारीहरुको साझा ट्रेड युनियन भएको बताए । उनले टुटफुटमा नलागी एकताबद्ध भएर जान सबैलाई आह्वान गरे ।
सहसंयोजक खगेन्द्र शाहीले कर्मचारीहरुले राजनैतिक पार्टीहरुका झोला नबोकी प्राधिकरण र देशको झण्डा बोक्नु पर्ने भनाइ राखे। राष्ट्रिय कर्मचारी युनियनलाई जनताको सेवामा दत्तचित्त भएर लाग्ने ट्रेड युनियन बनाउनु पर्नेमा जोड दिँदै उनले प्राधिकरणमा प्रगतिशील विचार राख्ने र यथास्थिति विचार राख्ने दुईवटा मात्र ट्रेड युनियन आवश्यक रहेको बताए ।
अधिवेशनमा केन्दीय सचिवालय सदस्य नन्दकिशोर चौधरीको पनि उपस्थिति थियो ।
अधिवेशनले चयन गरेको केन्द्रीय प्रतिनिधिहरुमा उदय प्रकाश गुरागाईं, दीपक गुरुङ, हरिराम पोखरेल, गंगा राउत, पार्वता लुईंटेल, सोम लुईंटेल, नन्दसिंह सिकर्मी, व्यासी शाही, लोकेन्द कार्की, नारायण न्यौपाने, अजय कुमार राय, सिकेन्द्र महतो, रामचन्द्र खतिवडा, प्रेम बहादर शाही, कमल पौडेल, गिताप्रसाद सिटौला, मानबहादुर खत्री, कृष्ण चन्द्र झा, हरि कृष्ण पराजुली, शेरबहादुर मास्के, मिनकुमार पराजुली, योगेश ढकाल, जानुका खतिवडा, हेमलाल प्रसाईं, कृष्णकुमार दास, शम्भुलाल कर्ण, खिमराज मगर, कृष्ण नारायण यादव, प्रमोद यादव, ललन अधिकारी अजित झा, निर्मला सुवेदी र ज्योति अधिकारी रहेका छन् ।
त्यस्तै युनियन १ नम्बर प्रदेश समितिको अध्यक्षमा शत्रुधन यादव चयन भएका छन् । समितिको उपाध्यक्षमा प्रेमबहादुर थापा, सचिवमा तुला श्रेष्ठ र कोषाध्यक्षमा पवन यादव रहेका छन् भने सदस्यमा लिलानाथ शर्मा, लाफुवी शेर्पा, अनिल लिम्बू, सुमन आचार्य, रामचन्द्र ठाकुर, हिमा पोखरेल, अश्विनी थापा, राजन श्रेष्ठ, बुद्धनारायण चौधरी, मदन तिम्सिना, रामानन्द साह, रितेश श्रेष्ठ, जितनारायण चौघर, युवराज श्रेष्ठ, योगेश सुनार, अर्जुन यादव, प्रभाष गुरुङ र सन्तोष दाहाल रहेका छन् ।