Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

नोट, भोट र जनमत



नीतिहरूको मुलनीति हो राजनीति । राजनीतिभन्दा माथि कुनै नीति नै छैन । भनिन्छ, राजनीति जनता, समाज र राष्ट्रको सेवा हो । राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक आन्दोलनका अलग अलग नेता हुन सक्छन् तर सबैको मूल भनेको राजनीतिक नेतृत्व नै हो । नेताले लिएको लक्ष्यले उ कति ठूलो नेता हो भनेर निर्धारण गर्छ, उसको पछाडि लागेको भीडले होइन । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टी नेतृत्वले साम, दाम, दण्ड र भेदको नीति प्रयोग गरेर चुनाव जित्न खोज्ने व्यक्तिहरूलाई उम्मेदवार बनाउनुको सट्टा सक्षम र राजनीतिक निष्ठा भएको व्यक्तिहरूलाई उम्मेदवार बनाउनु पर्ने थियो । अनि मात्र नेपालको संविधानले परिकल्पना गरेको र नेपाली जनताले देखेको सपना साकार हुनेछ ।

नेताहरूले आफ्नो त्याग र तपस्याबाट नेपाली जनतालाई अधिकार दिलाए । तर, यसै परिवर्तनसँगै आफ्नो आचरण बदल्न सकेनन् । उनीहरूलाई पद, प्रतिष्ठा र पैसाको स्वार्थी आचरणले आफ्नो साख बचाउन धौधौ परेको अवस्था छ । देशमा राजनीतिक परिवर्तन जनताको त्याग, तपस्या र बलिदानबाट भएका थिए । यी परिवर्तनहरूको व्यवस्थापन गर्न राजनीतिक पार्टीहरू सफल नहुँदा नागरिकका लागि प्रजातन्त्र वा गणतन्त्र हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तै भएको छ । नागरिकले विकासकोे अनुभूति गर्न पाएका छैनन् । केही व्यक्ति र समूहले मात्र नेपाली राजनीतिलाई दुहुनो गाई बनाएका छन् । ‘काम गर्ने कालु मकै खाने भालु’ भनेझैं जनताको तागत र बलिदानबाट आएको गणतन्त्रलाई राजनीतिक दलहरूले बिना लगानीको आम्दानीको स्रोत बनाएका छन् ।

घरवार विहीन नेताहरू महलमा बस्ने स्तरका भएका छन् । आफ्ना छोराछोरीलाई विदेशमा उच्च शिक्षाका लागि पठाउन सक्ने र साधारण बिरामी हुँदा समेत विदेशमा उपचार गराउन सक्ने हैसियतका नेपालका नेता गणको आर्थिक अवस्था धान्ने कुनै व्यापार व्यवसाय छैन । हवाई चप्पल वाला नेताहरु लगायतका समेत देशका सम्पन्न वर्गभित्रको हैसियत राख्दछन् ।

नेपालका नेताहरू जो चप्पल लगाउने नेता चिल्ला कारमा सवार हुन्छन् । घरवार विहीन नेताहरू महलमा बस्ने स्तरका भएका छन् । आफ्ना छोराछोरीलाई विदेशमा उच्च शिक्षाका लागि पठाउन सक्ने र साधारण बिरामी हुँदा समेत विदेशमा उपचार गराउन सक्ने हैसियतका नेपालका नेता गणको आर्थिक अवस्था धान्ने कुनै व्यापार व्यवसाय छैन । हवाई चप्पल वाला नेताहरु लगायतका समेत देशका सम्पन्न वर्गभित्रको हैसियत राख्दछन् । नेताहरूमा देखिएको यस्तो आश्चर्यजनक रुपको आर्थिक छलाङको रहस्य भनेकै सत्ताको दुरुपयोग गर्दै भएको भष्ट्राचार हो भन्न धेरै सोचिरहनु पर्दैन ।

देशमा निर्वाचन प्रणाली महँगो हुँदै गएको छ, पैसाविना निर्वाचन जित्ने त निकै परको कुरा भयो उम्मेद्वारी समेत दिन नसकिने अवस्था छ ! पैसावालाको बोलवाला बढ्दै गइरहेको छ । पैसाकै बलमा गाउँघरका सोझा सीधा गरिब दुःखी मतदातालाई मासुभात वा केही रकमको लोभमा पारेर आफ्नो पक्षमा मत किनिरहेका थिए । देशमा महँगो निर्वाचनले अपराधको राजनीतीकरण र राजनीतिको भ्रष्टीकरण गरिदिएको छ । अर्कोतर्फ पैसाविना निर्वाचन नै लड्न नसक्ने र लडे पनि जित्नै नसक्ने अवस्था बन्दै जाँदा पार्टी भित्रका र् बाहिरका सामाजिक छबि भएका स्वतन्त्र बौद्विक व्यक्तित्व, इमान्दार राजनीतिक कार्यकर्तालाई जसरी भए पनि पैसा संकलन गर्नुपर्ने बाध्यता छ । जसले राजनीतिको भ्रष्टीकरण समेत भइरहेको छ । यसरी हेर्दा नेपालमा निर्वाचन प्रणाली राजनीतिक भ्रष्टाचारको प्रमुख कारक बन्दै गइरहेको देखिन्छ । हरेक राजनीतिक कार्यकर्ता भोली नेता बन्न चाहन्छ तर भ्रष्ट र तस्कर तथा दलाल नेता बन्न चाहँदैन । अनि पैसाको बलमा राजनीति गर्नेहरूलाई इमान्दार कार्यकर्ता नेता मान्न तयार छैन । तर पैसाको महत्व बढ्दै जाँदा यो सबै गर्न विवश छ ।

नेपालको निर्वाचन प्रणाली पैसामुखी छ । पैसाको बलमा दलबाट टिकट किन्ने र निर्वाचन क्षेत्रमा पैसाको खोलो बगाइदिने ठेकेदारसँग अर्को इमानदार राजनीतिक कार्यकताले निर्वाचन लड्दा सोही अनुसार खर्च गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । नेपालमा कहिलेदेखि भ्रष्टाचार सुरु भयो भन्ने इतिहास त्यति थाहा छैन । तर नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको पालामा पनि घूस दिने चलन थियो भन्ने उनकै उपदेशमा पनि ’घूस लिन्या र दिन्या, दुवै देशका शत्रु हुन्’ भन्ने लेखिएकाले स्पष्ट हुन्छ । घूस लिने र दिने दुवैलाई त्यसबेला देशको शत्रु मानिन्थ्यो । तर अहिले त उनीहरूलाई महान् व्यक्ति मानिन्छ । देशमा समस्या नै समस्याका चाङहरू छन् ।

देशका किसानको अवस्था झन् दयनीय बन्दै गएको छ । युवाले आफ्नो भाग्य र भविष्य खोज्न विदेशिनु परेको छ । महँगीले आकास छोएको छ । जनतालाई करको भारी बोकाइएको छ । उद्योगधन्दा खुलेका छैनन् । देशमा भ्रष्टाचार, कुशासन र कमिसनतन्त्र मौलाउँदै गइरहेको छ । हाम्रा राजनीतिक दल र सरकारमा रहेर नेतृत्व गरेका शासक सुशासन दिन असफल हुँदै आइरहेका छन् ।

भ्रष्टचार, ढिलासुस्ती, अपारदर्शिता, गैरजिम्मेवार प्रवृत्ति, दण्डहीनतालगायतका समस्याको समाधान गर्नेतर्फ सरकारको कुनै चासो छैन । शिक्षा क्षेत्र लथालिंग छ । लाखौंको संख्यामा विद्यालय उमेर समूहका बालबालिका विद्यालय शिक्षाबाट बाहिर छन् । सवैका लागि शिक्षाको सपना नारामा मात्र सीमित छ । संविधानमा शिक्षा र स्वास्थ्य सेवालाई मौलिक अधिकारको रूपमा दस्तावेजीकरण गरिएको छ । परन्तु व्यवहारमा यिनै दुईवटा क्षेत्र व्यापार भएका छन् । राज्य समाजका तमाम समस्याबाट नागरिकलाई छुटकारा दिने योजनामा अर्जुन दृष्टिका साथ लाग्नुपथ्र्याे । त्यसो हुन सकेन ।

देशका किसानको अवस्था झन् दयनीय बन्दै गएको छ । युवाले आफ्नो भाग्य र भविष्य खोज्न विदेशिनु परेको छ । महँगीले आकास छोएको छ । जनतालाई करको भारी बोकाइएको छ । उद्योगधन्दा खुलेका छैनन् । देशमा भ्रष्टाचार, कुशासन र कमिसनतन्त्र मौलाउँदै गइरहेको छ । हाम्रा राजनीतिक दल र सरकारमा रहेर नेतृत्व गरेका शासक सुशासन दिन असफल हुँदै आइरहेका छन् । सरकारले फेरि पनि जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नयाँ संविधान आएपछि राज्यमा भएका तमाम समस्या समाधान गरी सामाजिक रूपान्तरण र आर्थिक समृद्घिको मार्गमा देश अगाडि बढ्नेछ भन्ने नेपालीको अपेक्षामा तुषारापात भएको छ ।

हाम्रो देश नेपाल चीन र भारतबीच अवस्थित भूपरिवेष्ठित राष्ट्र हो । यद्यपि, नेपालले यी दुई ठूला राष्ट्रको चेपबाट जोगिएर आफ्नो अस्तित्व कायम राख्नु छ । नेपालको राष्ट्रियता भनेको यहाँको संस्कृति, मौलिकता, स्रोतसाधन भूगोल लगायत हो । यसका लागि हामी नेपाली सबै सक्षम र सजग नभई राष्ट्रियतालाई समृद्ध गराउन सकिँदैन । राष्ट्रियता बचाउन आफै अग्रसर हुनुपर्छ, अर्कोले बचाइदिने होइन । नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा, सुस्ता महेशपुरलगायतका भूमि अतिक्रमण भएका छन् । राष्ट्र र जनताको सामु देखा परेका गम्भीर चुनौतीको सामना गर्न जनताहरूले गणतन्त्र, राष्ट्रियता, संघीयता र धर्म निरपेक्षताको रक्षा र भ्रष्टाचारको विरूद्ध सङ्घर्ष गर्न जरूरी छ !

नेपालमा जतिसुकै लोकतान्त्रिक, गणतान्त्रिक, समाजवाद उन्मुख सरकार बने पनि भ्रष्टाचारविरुद्ध गर्व गर्न लायक निर्णय गर्न नसकेको आमनागरिक गुनासो छ । बरु उल्टै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई पुरस्कृत र नियुक्ति दिएको भन्दै सरकारको आलोचना हुने गरेको पाइन्छ ।

भ्रष्टाचार समाजको रोग हो । सरकारी संयन्त्रको धमिरा हो । सभ्य समाजको लागि प्रदूषण हो । यसले व्यक्तिको स्वभाव र शैलीलाई नकारात्मक बनाउँछ । भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनको शासन तथा विश्वकै अर्थतन्त्रलाई धराशयी बनाउँछ । अदालत, संसद्, सरकार, राजनीतिक दल, निजी क्षेत्र, सबैतिर जवाफदेहिता छैन, नीतिगत भ्रष्टाचार मौलाएको छ । कानूनको पालना गर्नु गराउनु सुशासन हो । नेपालका नेताले आफैंले संविधान र कानून कति पालना गर्नुभएको छ, दुनियाँलाई थाहा छ । अनि कसरी पत्याउने उहाँको ओठे प्रतिवद्धता ? समाज धन र शक्तिको पुजारीको रूपमा विकसित हुँदै गएको छ । धन र शक्ति कसरी आर्जन ग¥यो ? त्यसको स्रोत के हो ? कहाँ लगानी गर्दैछ ? त्यसले समाजका कस्तो असर गर्छ ? समाजलाई के कस्तो प्रतिफल दिन्छ ? लगायतका प्रश्नहरू सोध्न र त्यसको जवाफ खोज्न सक्ने समाज निर्माणको आवश्यकता छ ।

नेपालमा जतिसुकै लोकतान्त्रिक, गणतान्त्रिक, समाजवाद उन्मुख सरकार बने पनि भ्रष्टाचारविरुद्ध गर्व गर्न लायक निर्णय गर्न नसकेको आमनागरिक गुनासो छ । बरु उल्टै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई पुरस्कृत र नियुक्ति दिएको भन्दै सरकारको आलोचना हुने गरेको पाइन्छ । देशमा समृद्धि कुनै घोडा चढेर आउने वा ल्याउने विषय नभई यो मूलतः आर्थिक पाटोसँगै मानव जीवनस्तरको पाटो तथा सामाजिक रूपान्तरणसँगै यी तमाम क्षेत्रमा आएको प्रत्यक्ष रूपमा देखिने परिवर्तन जसले अवसर नपाएकाहरूलाई अवसर, क्षमता नभएकाहरूलाई क्षमतावान् बनाउनेतर्फ केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका साथसाथै सम्बद्ध सबैको ध्यान जानु जरुरी देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा