back
CTIZAN AD

डाक्टरहरुको समूहद्वारा डक्टर्स फेमेली वेलफेयर फन्ड दर्ता

वि.सं.२०७९ जेठ १३ शुक्रवार

1.6K 

shares

काठमाडौँ । आर्थिक रुपले कमजोर डाक्टरहरु तथा उनका परिवारको अधिकारका लागि नेपाली डाक्टरहरुको एक समूहले ‘डक्टर्स फेमेली वेलफेयर फन्ड’ नामक संस्था दर्ता गरेका छन् ।

मुनाफारहित सामाजिक संस्थाको रुपमा यसको कार्यालय काठमाडौँ महानगरपालिका वडा नं ३२ मा कार्यालय रहने जनाइएको छ । संस्थालाई आवश्यकता अनुसार नेपालभर शाखा स्थापना गर्न सकिने बताइएको छ ।

उक्त संस्थाको दर्ता डा. सरोज साहको अगुवाई तथा स्वास्थ्य अभियन्ता, कोलोरेटल सर्जन डा.राकेश साह,  डा.सीतेश यादव, डा. अमरेश कर्ण र डा गुरुशरण साहलगायतको पहलमा भएको हो ।

नेपालमा कार्यरत डाक्टरहरुलाई कुनै पनि गम्भिर किमिसमको स्वास्थ्यसँग सम्बधीत रोगहरुबाट पिडीत भई उपचारको लागि आर्थिक समस्यामा परेको अवस्थामा यस्ता पिडित डाक्टरहरुलाई संस्थामार्फत उपचारका लागि सहयोग गर्ने मुख्य उद्देश्य संस्थाले राखेको छ ।

त्यस्तै रोगका कारण कुनै डाक्टरको मृत्यु भएमा मृत्युपश्चात परिवारको सदस्यहरुलाई आर्थिक, स्वास्थ्य, शिक्षा तथा अन्य सहयोग गर्ने, सदस्य डाक्टरको मृत्यु पश्चात परिवारका सदस्यहरुलाई कुनै गम्भिर किसिमको रोगहरुबाट पीडित भई उपचारका लागि आर्थिक समस्या देखा परेको खण्डमा परिवारका सदस्यहरुलाई उपचारका लागि सहयोग गर्ने, आर्थिक समस्यामा परेका चिकित्सकका परिवारहरुलाई शिक्षा, स्वास्थ्यका साथै गास, बास कपासका लागि सहयोग गर्ने उद्देश्य पनि संस्थाले राखेको छ ।

यसैगरी संस्थाले चिकित्सक तथा चिकित्सकका परिवारको हक, हितको पक्षमा जुट्न, विभिन्न किसिमका तालिम गोष्ठी संचालन गर्ने काम पनि यस संस्थाले गर्ने डा साहले बताए ।

हाल सदस्यमार्फत फन्ड संकलन गरिने जानकारी दिँदै अभियन्ता साहले सामाजिक सेवाभाव राख्ने सबै चिकित्साकर्मी तथा समाजसेवीले फन्डमा सहयोग गर्न आग्रह गरेका छन् ।

वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:५३ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...