काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा पोखरादेखि उडेको विमान सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
जनाइएअनुसार विमान बिहान १० बजेर २० मिनेटमा अवतरण हुनुपथ्र्यो । तर, हालसम्म पनि विमान सम्पर्कमा छैन ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जनाएअनुसार अनुसार उक्त विमानमा चालक दलका ३ सहित १९ यात्रु थिए । १३ नेपाली र ५ भारतीय यात्रु रहेको बुझिएको छ ।
विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको पोखरा विमानस्थलले जनाएको छ ।
वि.सं.२०७९ जेठ १५ आइतवार १०:५७ मा प्रकाशित






























