काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धको झण्डै चार महिना पूरा हुन लागेको छ । तर अहिलेसम्म विवाद समाधान हुन सकेको छैन । दुवै देश युद्ध रोक्ने पक्षमा देखिएका छैनन् । सबैभन्दा बढी क्षति व्यहोरेका युक्रेनी राष्ट्रपति जेलेन्स्की पनि युद्ध अन्त्य गर्ने मुडमा देखिन्नन् । जेलेन्स्कीले रुसलाई पछाडि धकेल्न युरोपेली देशहरूको सहयोग लिइरहेका छन्।
यसै क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई फोन गरेर हतियार दिन आग्रह गरेका छन् । जेलेन्स्कीले फोनमा थप हतियार आपूर्ति गर्न आग्रह गरे । यसका साथै उनले खाद्यान्न र इन्धन संकटबारे पनि छलफल गरेका थिए ।
बन्दरगाह खुलाउने उपाय खोज्न आग्रह
जेलेन्स्कीले जोनसनलाई फोनमा दुई देशले खाद्य संकट रोक्न र युक्रेनको बन्दरगाह अनब्लक गर्न मिलेर काम गर्नुपर्ने बताएका छन् । युक्रेन विशेष गरी गहुँको सबैभन्दा ठूलो निर्यातकर्ताहरू मध्ये एक हो। यद्यपि, रूसले ओडेसा बन्दरगाहलाई अवरुद्ध गरेको छ, जसबाट युक्रेनले विश्वमा खाद्यान्न निर्यात गर्दथ्यो।
यो नाकाबन्दीले युक्रेनलाई मात्र नभई अन्य देशहरूलाई पनि चोट पुर्याइरहेको छ, किनकि खाद्यान्न अभावले युरोपभरि संकट पैदा गराएको छ ।
सहयोग गर्ने जोनसोनको बाचा
बेलायती प्रधानमन्त्री जोनसनले जेलेन्स्कीसँगको कुराकानीबारे ट्विट गर्दै जानकारी गराएका छन् । उनले आफुँहरु युक्रेनको पक्षमा रहेको स्पष्ट पारेको छ । “हामी लामो समयदेखि युक्रेनको साथमा छौँ । हामी देशको रक्षा गर्न मद्दत गर्न युक्रेनी सशस्त्र बलहरूलाई रक्षा उपकरणहरू उपलब्ध गराउन जारी राख्नेछौं, र हामी खाद्यान्न निर्यात पुनस् सुरु गर्ने र विश्वव्यापी खाद्य संकटलाई रोक्ने उपायहरू खोज्न गहन रूपमा काम गरिरहेका छौं।” एजेन्सीबाट
वि.सं.२०७९ जेठ १५ आइतवार १३:५० मा प्रकाशित






























