back
CTIZAN AD

बूढानीलकण्ठको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्वाचित

वि.सं.२०७९ जेठ १५ आइतवार

756 

shares

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै शनिबार सम्पन्न गरिएको नगर कार्यपालिका सदस्य निर्वाचनमा पाँच महिला प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् । नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले पाँच महिला सदस्य निर्विरोध निर्वाचित भए पनि तीन दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि भने निर्वाचन हुन लागेको जानकारी दिए ।

उनका अनुसार निर्विरोध निर्वाचित हुने पाँच महिला सदस्यमा नेकपा (एमाले)का उम्मेदवार रीता दाहाल, रिना श्रेष्ठ, शान्ता ढकाल (पुडासैनी), राममाया महर्जन र गोमा मग्रांन्ती रहेकी छिन् । यस्तै तीन दलित एवं अल्पसङ्ख्यक सदस्यका लागि चार जनाको उम्मेदवारी परेकाले निर्वाचन हुन लागेको निर्वाचन अधिकृत भट्टराईले बताए ।

अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ ।

वैशाख ३० गते सम्पन्न निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारी र उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामा विजयी भएका थिए । यस्तै बूढानीलकण्ठका अधिकांश वडामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । बूढानीलकण्ठमा १३ वडा छन् ।

 

वि.सं.२०७९ जेठ १५ आइतवार १४:०५ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...