काठमाडौं । सरकारले उत्पादन वृद्दिका लागि देशैभरीका प्रत्येक वडा–वडामा कृषि प्राविधिक खटाउने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट बाचनका क्रममा अर्थमन्त्री जर्नादन शर्माले प्रत्येक स्थानीयतहमा पशु तथा कृषि विज्ञानमा स्नातक गरेका एक/एक जना जनशक्ति तथा सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने बताएका छन् ।
कृषि उत्पादन देखि बजारीकरणका लागि उत्प्रेरक, परिचालक तथा श्रम सहयोगीको रुपमा सहभागी हुनेगरी प्रत्येक स्थानीयतहमा रोजगार सेवा केन्द्रमा सूचीकृति वेरोजगार युवाहरु मध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् श्रम सहरकारीमा आवद्ध गरी कम्तिमा ३०० कृषि स्वयमुसेवक तयार पारिने पनि मन्त्री शर्माले बताएका छन् ।
आगामी आर्थिक वर्ष कृषि उत्पादनका लागि राष्ट्रिय अभियान वर्ष हुने भन्दै आन्तरिक उत्पादन बढाउनका लागि कृषि उत्पादन कार्यक्रम सन्चालन गरिने बताएका छन् ।
मन्त्री शर्माले देशका ग्रामिण क्षेत्रलाई कृषि उत्पादनको क्षेत्रका रुपमा विकास गरिने बताउँदै किसानहरुलाई कृषि, सहकार्य समुह र सहकारीमा संगठीत गरी खेतीयोग्य र बाँझो जमिनको उपयोग गरेर कृषि उत्पादन बढाइने बताए ।
कृषि क्षेत्रको विकास लागि व्यवसायिकरण, आधुनिकीकरण यान्त्रिकीकरण गरिने तथा प्रभावकारी कार्यान्वयनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीहरुसहितको उच्चस्तरीय संयन्त्र निर्माण गरिने समेत बताएका छन् ।
वि.सं.२०७९ जेठ १५ आइतवार १७:३२ मा प्रकाशित





























