काठमाडौं । सरकारले अब ६८ वर्षमै वृद्धभत्ता उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट कार्यक्रम बाचन गर्दै अर्थमन्त्री शर्माले अब ६८ वर्षमै वृद्द भत्ता उपलब्ध गराउने बताएका हुन् ।
यसअघि ७० वर्षमा वृद्ध भत्ता दिइने प्रावधान रहेकोमा त्यसलाई घटाएर ६८ वर्षमा झारिएको हो । साथै वृद्ध भत्ता लिन नचाहने जेष्ठ नागरिकहरुलाई सम्मान गरिने बताइएको छ ।
सरकारले हाल ७० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई ४ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आइएको छ ।
वि.सं.२०७९ जेठ १५ आइतवार १७:५६ मा प्रकाशित






























