back
CTIZAN AD

आइपीइएफले चीनमाथिको आर्थिक निर्भरता घटाउने विश्वास

वि.सं.२०७९ जेठ १५ आइतवार

681 

shares

बेइजिङ । अमेरिका समर्थित एशिया-प्रशान्त आर्थिक रुपरेखा(इण्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क, आइपीइएफ) ले भारतलाई चीनमाथिको आर्थिक निर्भरता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

चीनको आर्थिक वर्चश्वलाई रोक्न अघि सारिएको आइपीइएफमा अमेरिकासहित ११ वटा एशियाली देश सहभागी छन् । आइपीइएफले सदस्य देशबीच बहुपक्षीय आर्थिक सहयोग बढाउने र चीनमाथिको भारतको आर्थिक निर्भरतालाई घटाउन भारतलाई सहयोग पुग्ने आर्थिक विश्लेषकहरूले बताएका छन् ।

आइपीइएफलाई आपूर्ति शृङ्खला विविधीकरणमा यथाशीघ्र अघि बढाउनुपर्ने तथा त्यसमा आर्थिक संलग्नताका ठोस आयोजना समावेश हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन् । पछिल्लो समय भारतले बहुपक्षीय सम्झौताको सट्टा द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा ध्यान केन्द्रित गरेको छ ।

चीनसँगको भारतको व्यापार बृहत् छ । दुई देशबीचको व्यापार यो वर्षको पहिलो त्रयमासमा १५ं.३ प्रतिशतले बढेर ३१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ भन्सार विभागले जनाएको छ । भारतमा चिनियाँ लगानी पनि बढेको छ । अघिल्लो वर्ष चौध अर्ब डलरभन्दा बढी चिनियाँ लगानी भारतका उद्यम विकासका क्षेत्रमा भएको थियो । एएनआई

वि.सं.२०७९ जेठ १५ आइतवार १७:५४ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...