काठमाडौं । सरकारले उखु किसानका लागि अनुदानस्वरुप रु ८१ करोड बजेट छुट्याएको छ ।
आगमी आर्थिक वर्ष २०७९/८० को बजेट कार्यक्रम बाचन गर्दै अर्थमन्त्री शर्माले सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउन ८१ करोड विनियोजन गरेको बताएका हुन् ।
सरकारले अनुदान रकम उखु क्रसिङ भएको वर्ष उपलब्ध गराउने बताउँदै चिनीमा मुलुकलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्ने बताएका छन् ।
त्यसैगरी कृषि बाली र पशु बिमाको प्रिमियममा ८० प्रतिशत अनुदान उपलब्ध गराउन रु ७६ करोड रकम विनियोजन गरेको पनि अर्थमन्त्री शर्माले बताएका छन् ।
वि.सं.२०७९ जेठ १५ आइतवार १७:४९ मा प्रकाशित






























