back
CTIZAN AD

रोपाइँ गर्न छोडिएको उच्च स्थानमा धुमधामका साथ धान रोपाइँ

वि.सं.२०७९ जेठ १६ सोमवार

825 

shares

खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित भौगोलिक रुपले उच्च स्थानमा धान उत्पादन हुने छुमचौरमा कालीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको हो ।

कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोपिएको हो । चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो । धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ सुविधा नभएको र धान रोपाइँ हुने मौसम र पाटनमा यार्सा सङ्कलनको मौसम एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छोडिएको थियो । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले २०० रोपनीजतिमा धान रोपेको कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता महताराले बताए ।

कृषि अनुसन्धान केन्द्रको आयोजना र कृषि विकास कार्यालय जुम्लाको समन्वयमा रोपाइँ गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए । गत वर्ष कोरोनाका कारण धान रोपाइँ हुन सकेको थिएन । यसपटक धुमधामका साथ धान रोपिएको स्थानीयवासी बताउँछन् । पछिल्ल्लो समयमा स्वदेशमा मात्र राम्रो मूल्यमा जुम्लाको मार्सी चामल बजारमा बिक्री हुने गरेको छ ।

वि.सं.२०७९ जेठ १६ सोमवार १५:३१ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...