back
CTIZAN AD

राजधानीमा एकसाथ चार कृति बिमोचन

वि.सं.२०७९ जेठ १६ सोमवार

618 

shares

काठमाडौं । राजधानीमा चार कृति एकसाथ विमोचन गरिएको छ ।

भूगोल साहित्य समाज र छेस्का साहित्य समाजको आयोजनामा जेठ १५ गते राष्ट्रिय महिला आयोगको सभाकक्षमा कवि ओम आचार्यको ‘फूलको हार्दिकता’ कविता सङ्ग्रह, एलपी पराजुलीको दुई कृति ‘छनक’ छेस्का सङ्ग्रह र ‘काव्य–सुधा’ रम्बास कविता सङ्ग्रह र ओम आचार्य, किशन पौडेल, खगेन्द्रप्रसाद बस्याल, जयनारायण नेपाल, टङ्क पन्थ, मुरारीराज मिश्र, एलपी पराजुली, विनोद नेपाल र हृदय लेकालीको संयुक्त ‘अभिव्यञ्जना’ छेस्का कविता सङ्ग्रहको एकसाथ विमोचन गरिएको हो ।

कार्यक्रममा समीक्षक टङ्क पन्थले ‘फूलको हार्दिकता’ र ‘छनक’ तथा समीक्षक दीपक सुवेदीले ‘काव्य–सुधा’को सङ्क्षिप्त समीक्षा गरेका थिए ।

No description available.

उक्त कृतिहरूको विमोचन सभाका सभापति तथा भुगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल, अतिथि प्राज्ञ डा. देवी नेपाल र विशिष्ट अतिथि किरणकुमार श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।

प्रमुख अतिथि प्राज्ञ डा. नेपालले विमोचित कृति अभिव्यञ्जनाको समीक्षा गर्दै मितव्ययीता, खिरिलो र चोटिलो प्रस्तुति अनि विद्युतीय झट्का प्रवाहित गर्नु नै छेस्काको खास प्रकृति रहेको बताए ।

सो कार्यक्रममा भारतको दार्जिलिङबाट आएका साहित्यकार एवम् नेपाली भाषा आन्दोलनका जीवित योद्धा प्रा. तेजमान बराईलीलाई समाजको तर्फबाट सम्मान गरिएको थियो ।

No description available.

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कृतिकारहरूलाई बधाई दिदैँ हाल आफूले नेतृत्व गरिरहेको संस्थाभित्र यतिधेरै सर्जक रहेको थाहा पाउँदा खुसी लागेको बताए । श्रेष्ठले आफ्नै संस्थाबाट निवृत्त भएकाहरूले गठन गरेको साहित्यिक संस्थाले आयोजना गरेको भव्य कार्यक्रममा उपस्थित हुन पाउँदा विशेष खालको अनुभूति भएको विचार व्यक्त गरेका थिए ।

No description available.

भारतको सिक्किम र सिलिगुढीबाट आएका भाषासेवी द्वय डा.शुकराज दियाली र प्राध्यापक तेजमान बराइलीले शुभकामना मन्तव्यका क्रममा नेपाली भाषा र माटो प्रतिको स्नेह तथा गौरव बारे प्रकाश पारे ।

कार्यक्रमको प्रारम्भमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रमको भव्य सफलताको लागि दिएको शुभकामना पढेर सुनाइएको थियो ।

No description available.

संस्थाका सचिव शैलेन्द्रकुमार शाहको संचालन रहेको उक्त कार्यक्रममा भूगोल साहित्य समाजका उपाध्यक्ष दिनेश विक्रम थापाले स्वागत मन्तव्य राखेका थिए ।

 

वि.सं.२०७९ जेठ १६ सोमवार १५:५७ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...