back
CTIZAN AD

बागलुङ नगरपालिकालमा नयाँ सडक खन्न रोक

वि.सं.२०७९ जेठ १६ सोमवार

687 

shares

गलकोट । बागलुङ नगरपालिकाले जथाभावीरुपमा सडक खन्ने नीतिलाई सुधार गर्न प्राविधिक अध्ययन बिना नयाँ सडक खोल्न रोक लगाएको छ ।

नगरको दोस्रो बैठकले बागलुङ नगरभित्रका सबै टोल/गाउँमा सडक पुगिसकेको जनाउँदै आगामी दिनमा सडक खन्न रोक लगाउने र भएका सडक स्तरोन्नतिमा जाने जनाएको छ । बागलुङ नगरले सडक खोल्न बन्द गर्ने तर अत्यावश्यक भएमा नगरको प्राविधिक टोलीको स्थलगत अध्ययनपछि मूल्याङ्कनका आधारमा मात्रै सडक खन्न दिइने निर्णय भएको नगरका प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।

उनका अनुसार बागलुङ नगरको दोस्रो कार्यपालिका बैठकबाट नयाँ सडक प्राविधिक अध्ययनपश्चात मात्रै खन्न पाइने, बागलुङ प्रवेशद्वारलाई व्यवस्थित बनाइने र जिल्लाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन पार्कीङस्थलको व्यवस्थापन गर्र्नेलगायतको निर्णय भएको छ ।

नगरभित्र पार्कीङको निकै समस्या भएका कारण सरकारी तथा निजी जग्गामा पार्कीङस्थल बनाउने, नयाँ सडक खन्न रोक लगाउँदै प्राविधिक अध्ययनपछि मात्रै सडक खन्न लगाउने र बागलुङ बजारको प्रवेशद्वारलाई सुन्दर बनाउने निर्णय गरिएको बागलुङ नगरपाकिलाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

“नगरपालिकामा जथाभावी भूगोलको अध्ययनबिनै सडक खन्ने प्रचलनले विपद्का घटनामा वृद्धि भएको पाइएको छ, उपभोक्ता समितिले डोजर चालक मिलेर सडक खन्दा पहिरोको जोखिम समेत व्यपाक छ” श्रेष्ठले भने “धेरै स्थानमा सडकको पहुँच पुगेको छ, भएको सडकलाई पाँच वर्षमा स्तरोन्नतिका लागि बजेट विनियोजन गरिनेछ, नयाँ ट्र्याक खोल्नै पर्ने भए प्राविधिकले अध्ययन गरेपछि मात्रै पाइन्छ ।”

यस्तै ट्राफिक व्यवस्थापनका लागि बागलुङ बजारभित्रै सरकारी तथा निजी जग्गा खोज्ने कार्यपालिकाले निर्णय गरेको छ । साँधुरो बागलुङ बजारमा मोटरसाइकल तथा जीपको पार्किङ गर्न अत्यन्तै समस्या रहेका कारण भाडा तिरेर सवारीसाधन पार्कीङको व्यवस्था मिलाउने बागलुङ नगरपालिकाले जनाएको छ ।

यस्तै अव्यवस्थित रुपमा बागलुङ बजारको मालढुङ्गा प्रवेशद्वारमा रहेका होर्डिङ बोर्डलाई नगरले व्यवस्थित गर्ने जनाएको छ । नगरले बागलुङ प्रवेशद्वार मालढुङ्गास्थित पुलको रङ्गरोगन गर्ने, विद्युतीय बत्ती जडान गर्ने र होर्डिङ बोर्डलाई व्यबस्थित गराइ सुन्दर बनाउने भएको छ ।

होर्डिङ बोर्ड व्यवस्थापन गर्न अध्ययन समिति समेत गठन गरिएको छ । नगरले पहिलो कार्यपालिका बैठकमा बालमैत्री नगर घोषणा गर्ने निर्णय गरेको थियो ।

 

वि.सं.२०७९ जेठ १६ सोमवार १६:१६ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...